वीरेन्द्रनगरको सार्वजनिक सुनुवाई सम्पन्न

 नगरपालिकाको आउदो आर्थिक बर्ष २०७८÷०८९ मा युवा, महिला, दलित, अपांगता भएका व्यक्ति र असहाय बालबालिका लक्षित कार्यक्रम बृद्धि गर्ने प्रतिबद्धता जनाएको छ । वीरेन्द्रनगर नगरपालिकाले  आयोजना गरेको सार्वजनिक सुनुवाई कार्यक्रममा नगरपालिकाका प्रमुख, उपप्रमुख र प्रमुख प्रसाशकीय अधिकृतसहित सरोकारवालाहरुले यस्तो प्रतिबद्धता जनाएका हुन् ।

विरेन्द्रनगर नगरपालिकाले निर्माण गर्ने नीति कार्यक्रमहरुलाई युवामत्री बनाउने तथा युवा नीति र युवा सम्र्पक व्यक्ति तोक्ने पनि प्रतिबद्धता जनाइएको छ । यस्तै आउँदो आर्थिक बर्षमा कृषि क्षेत्रको बजेटमा वृद्धि गर्ने, फरक क्षमता भएका व्यक्तिहरुलाई बुझिनेगरी सुचना उपलब्ध गराउने, फरक क्षमता व्यक्ति असहाय बालबालिकालाई संरक्षण गर्नेगरी योजना बनाउने पनि प्रतिबद्धता जनाइएको छ । महिला स्वास्थ्य स्वयमसेविकालाई तत्काल परिचय पत्र उपलब्ध गराउने र उनीहरुलाई कार्यक्षेत्रमा खटिदा प्रयाप्त स्वास्थ्य सुरक्षा सामग्रीको व्यवस्था गर्ने, नगरस्तरिय सार्वजनिक पुस्तकालय बनाउने, झुप्रा खोलाको वस्तीमा आवश्यकता अनुसार खानेपानीपाइपको ब्यबस्थागर्ने सामुहिक सरोकारवालाहरुले जनाएका छन् । कार्यक्रममा वीरेन्दनगरमा देखिएको खानेपानीको समस्या समाधानका लागि यथा सक्य पहल गर्ने, अविभावक विहिन बालबालिकाहरुको शिक्षा र स्वास्थ्य लगाएका आधारभुत आवाश्यकता पूरा गर्न आवश्यक ब्यबस्था गर्ने आगामीदिनमा विरेन्द्रनगर नगरपालिकाको सार्वजनिक सेवाको प्रभावकारिताका लागि सार्वजनिक सुनुवाईकार्यक्रमलाई निरन्तरतादिनुको साथै प्रत्येक वडामा पनि सार्वजनिक सुनुवाई गर्ने, लक्षितवर्गको बजेटमा एकल महिला र गन्र्धव समुदायमाबादी समुदाय र अपाङ्गताभएकाव्यक्तिहरुलाई प्राथमिकतादिने सामूहिक प्रतिबद्धता गरिएको छ । नेपाल युवा संस्था सञ्जाल (आयोन) प्रयास कर्णाली प्रदेश सुर्खेत र इन्सेक कर्णाली प्रदेश कार्यालयको प्राविधिक र आर्थिक सहयोगमा कार्यक्रम सम्पन्न भएको हो ।

frontline

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here