वीरगञ्ज कोरोना संक्रमणको जोखिममा

गत वर्ष कोरोना महामारीले सताएको वीरगञ्ज फेरि एक पटक कोरोना संक्रमणको जोखिममा परेको छ ।  छिमेकी मुलुक भारतमा तीव्र रुपमा संक्रमण बढेकाले त्यसको प्रत्यक्ष असर वीरगञ्जमा पर्ने र विगतमा जस्तै हटस्पष्ट बन्ने आशंका यहाँका सरोकारवालाले गरेका छन् ।

गत वर्ष नारायणी अस्पताल, गण्डक अस्पताल, वीरगञ्ज हेल्थ केयर र नेशनल मेडिकल कलेजले कोरोना संक्रमितको उपचारका लागि आइसोलेसन सेन्टर व्यवस्था गरेका थिए । गण्डक अस्पताललाई वीरगञ्ज महानगरपालिकाले सञ्चालन गरेको थियो ।

frontline

तर अहिले नारायणी अस्पतालमा ३५ बेडको आइसोलेसनबाहेक अरु कुनै पनि आइसोलेसन सञ्चालनमा छैन । शून्यमा झरेको सक्रिय संक्रमितको संख्या बढेर अहिले १ सय ४५ पुगिसकेको छ । १ सय १४ जना होम आइसोलेसनमा छन् । चैत ३१ गते पोजेटिभ आएका २५ जना होम आइसोलेसन वा अस्पताल बस्ने भन्ने टुंगो लागेको छैन ।

नारायणीको आइसोलेसनमा आएका १३ जनामध्ये ५ जना डिस्चार्ज भएका छन् र २ जनाको मृत्यु भएको छ, अरु त्यहीँ उपचाररत छन् ।

वीरगञ्जका सरोकारवाला र जनस्वास्थ्यविज्ञ अब छुट्टै आइसोलेसन सेन्टर नभए भयावह स्थिति आउने बताउँछन् । वीरगञ्जका कोभिड एक्सन टिमका सदस्य एवं जसपाका पर्सा जिल्ला सचिव तवरेज अहमद कोरोनाको मुहानमा राज्यले बेवास्ता गरेको बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here