वीरगञ्जमा २ दिनदेखि हराईरहेकी ४ वर्षीया बालिकाको शव फेला

७ साउन, वीरगञ्ज । वीरगञ्जमा दुई दिनदेखि हराईरहेकी ४ वर्षीया बालिककाको शव फेला परेको छ । वीरगञ्ज-२ छपकैया घुसुकपुर बस्ने सिकन्दर अलीको छोरी सुहाना खातुनको शव फेला परेको हो । बिहान स्थानीयले बालिकाको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

सुहाना साउन ५ गते बिहीबार अपरान्हदेखि नै हराएकी थिइन् । तर, अभिभावकले छोरी हराएको निवेदन साउन ६ गते शुक्रबार मात्रै प्रहरीकोमा दिएका थिए ।

frontline

वडा प्रहरी कार्यालय विर्ताका प्रहरी निरीक्षक विशाल मल्ल नेतृत्वको प्रहरी टोली घटनास्थल पुगेको छ । प्रहरी टोलीले शव जाँच मुचुल्का तयार गरी शव पोष्ट मार्टमका लागि नारायणी अस्पताल पठाएको छ ।

बालिकाको हत्या भएको हुनसक्ने आशंकामा प्रहरीले अनुसन्धान सुरु गरेको छ । घटनामा संलग्न भएको हुन सक्ने भन्दै प्रहरीले दुईजनालाई पक्राउ गरेको छ । १४ वर्षीय बालक र अर्का एक जनालाई पक्राउ गरेको हो ।

घटनाको अनुसन्धानमा असर पर्न सक्ने भएकोले पक्राउ परेका व्यक्तिको परिचय गोप्य राखेको छ । दुवै जनाले घटनामा आफूहरुको संलग्नता अस्वीकार गर्दै बालिकाको लडेर मृत्यु भएको दाबी गरेका छन् ।

प्रहरीले घटना किन र कसरी भयो ? घटनामा को को संलग्न थिए भन्ने अनुसन्धान गरिरहेको छ ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक प्रल्हाद कार्कीले हत्या नै भएको हुन सक्ने आशंकामा अनुसन्धान अघि बढाइएको जानकारी दिए ।

‘गालामा चोट देखिन्छ । लास जाँच मुचुल्का भइरहेको छ’ उनले भने, ‘त्यसपछि शव पोष्टमार्टमका लागि पठाउँछौं, रिपोर्ट आएपछि हत्या हो वा अन्य कारणले मृत्यु भएको यकिन गर्न सकिन्छ ।’

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here