वीरगञ्जमा भाइरल रोगका बिरामीमा कोरोना संक्रमण

४ साउन, वीरगञ्ज । वीरगञ्जमा भाइरल रोगका बिरामीमा कोरोना संक्रमण पुष्टि भएको छ । वीरगञ्जस्थित नारायणी अस्पतालको प्रयोगशालामा ३४ जनाको पीसीआर परीक्षण गर्दा ६ जनामा संक्रमण पुष्टि भएको हो ।

सामान्य रुघाखोकी र ज्वरो लागेका बिरामीहरुमा कोरोनासंग मिल्दोजुल्दो लक्षण देखिएपछि चिकित्सकको आग्रहमा कोरोना परीक्षण गर्दा उक्त संख्यामा संक्रमण नारायणी अस्पतालका कोभिड संयोजक डा. उदय नारायण सिंहले जानकारी दिए ।

frontline

संक्रमीत हुने सबै महिला रहेका छन् । संक्रमित हुने मध्ये ५ जना वीरगञ्ज र १ जना बारा जिल्लास्थित कलैया उपमहानगरपालिकाका रहेका छन् । उनीहरुको उमेर समूह १८ देखि २४ वर्षको रहेको नारायणी अस्पतालका कोभिड संयोजक डा. सिंहले जानकारी दिए ।

डा. सिंहले गर्मी मौसममा भाइरल रोगका बिरामीहरुको संख्या बढेको बताए । तर मौसमी रोग र कोरोनाको लक्षणहरु उस्तै–उस्तै रहेको कारण सावधानी अपनाउन आग्रह गरे । मुलुकमा पछिल्लो समय कोरोना संक्रमणको ग्राफ बढ्दै गएको छ ।

डा. सिंहका अनुसार नागरिकले कोरोनाविरुद्धको खोप लगाएपछि सामाजिक दूरी कायम गर्ने, स्यानिटाइजरको प्रयोग गर्नेलगायतका स्वास्थ्य मापदण्ड पालना गर्न छाडेका कारण बीरगञ्ज लगायत देशैभर पुनः कोरोना संक्रमण फैलिदै गएको छ ।

हाल छिमेकी मुलुक भारतमा समेत कोरोना संक्रमण बढिरहेको कारण वीरगञ्जलगायत प्रमुख सीमा नाकामा रहेका शहरका बासिन्दाहरुले उच्च सतकर्ता अपनाउनु पर्ने चिकित्सक सिंहले बताए ।

स्वास्थ्य परीक्षण गराएका ३४ जना मध्ये ६ जनालाई संक्रमण भेटिएपछि अब वीरगञ्जमा कोरोना संक्रमण समुदायमा पुगिसकेको संकेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here