वीरगञ्जमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या बढी

मेयरको सक्रियतामा २ सय बेडको आइसोलेसन २२ गतेदेखि सञ्चालन हुँदै

“आइसोलेसन सञ्चालनमा आएसँगै संक्रमितको चाप थेग्न धेरै राहत हुने”

frontline
वीरगञ्ज महानगरपालिकाका नगरप्रमुख विजयकुमार सरावगी

२० बैशाख । वीरगञ्ज महानगरपालिका वडा नम्बर ९ घडिअर्वा पोखरिको छेउमा रहेको गोपाल मण्डलीमा २ सय बेडको आइसोलेसन सेवा सञ्चालन हुने भएको छ ।

वीरगञ्जमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या बढीरहेको अवस्थालाई मध्यनजर गर्दै संक्रमितको उचित व्यवस्थापनका लागि २२ गतेदेखि सञ्चालन गरिने वीरगञ्ज महानगरपालिकाका नगरप्रमुख विजयकुमार सरावगीले जानकारी दिए ।

मेयर सरावगीका अनुसार निःशुल्क रुपमा खाना तथा बस्न र औषधिसमेत वितरण गर्ने गरी आइसोलेसन बनाउने तयारी तिव्र रुपमा भइरहेको छ । जसका लागि आवश्यक सामाग्रीको जोहो गर्ने काम अघि बढाइएको छ । कोरोना संक्रमित भएर घरमा आइसोलेट भएर बस्ने स्थानको अभाव भएकाहरुलाई मात्रै त्याँहा राखिने छ ।

यसअघि पहिलो चरणको कोरोना भाइरसको संक्रमण फैलिँदा पनि १ सय ११ बेडको आइसोलेसन सञ्चालन गरिएको गोपाल मण्डली धर्मशालामा अहिले २ सय बेडको आइसोलेसन सञ्चालन गरिने महानगरको तयारी छ । जसका लागि  तकिया, तन्ना, गद्दा लगायत आइसोलेसन बनाउन प्रयोग हुने सामाग्रीहरुको किनमेल गर्ने काम भइरहेको मेयर सरावगीले यात्राडेलीलाई बताए ।

उक्त आइसोलेसन सञ्चालनमा आएसँगै संक्रमितको चाप थेग्न धेरै राहत हुने विश्वास पनि मेयर सरावगीले व्यक्त गरे । यसअघि वीरगञ्जको सिद्धार्थ मावीमा ६० बेड, होटल रानीपोखरीमा  ५० बेड र राणी सती धर्मशालामा ६० बेडको आइसोलेसन सेन्टर बनाइएपछि यसपटक गोपाल मण्डलीमा मात्रै सञ्चालन गर्ने तयारी भइरहेको छ ।

यदि अन्य ठाउँमा पनि आइसोलेसन तथा क्वारेन्टिनको स्थापना गरेर संक्रमितको व्यवस्थापन गरे छुट्टै होम आइसोलेसन बस्ने ठाउँको अभाव भएकाहरुलाई राहत हुने नागरिक समाजका अगुवाहरुले धारणा राखेका छन् । 

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here