विष्णु पौडेललाई कोरोना संक्रमण
१ माघ, काठमाडौं । एमाले उपाध्यक्ष विष्णु पौडेललाई कोरोना संक्रमण भएको छ।
शनिबार परीक्षण गर्दा आफूलाई कोभिड-१९ संक्रमण पुष्टी भएको पौडेलले जानकारी दिएका छन्।
आफ्नो स्वास्थ्य अवस्था सामान्य रहेको र होम आइसोलेसनको यात्रा आरम्भ भएको पौडेलले फेसबुकमार्फत् जनाएका छन्।
उनी आफ्नो निवास भैंसेपाटीमा आइसोलेसनमा बसेका छन्।
प्रतिक्रिया दिनुहोस्