विश्व रक्तदान दिवसका अवसरमा रक्तदान कार्यक्रम

शान्ति समाजको काठमाडौं शाखामा रक्तदान गरिने

काठमाडौं । मानवअधिकार तथा शान्ति समाजले काठमाडौंमा विश्व रक्तदान दिवसका अवसरमा रक्तदान कार्यक्रम गर्ने भएको छ ।

frontline

शान्ति समाजको काठमाडौं शाखामा रक्तदान गरिने भएको हो ।

निषेधाज्ञाका कारण काठमाडौंलगायत देशभर रगतको अभाव हुन नदिन रक्तदान कार्यक्रम गर्दै आएको शान्ति समाज काठमाडौं शाखाका सचिव ईश्वर पुडासैनीले जानकारी दिए ।

‘‘स्वास्थ्य केन्द्रमा रगतको अभाव हुन नदिन रक्तदान कार्यक्रम राखेका छौँ ।

 जेठ ३१ गते सोमबार दक्षिण ढोका शान्ति बाटिकामा हुनेछ ।

बिहान १० बजेदेखि १ बजेसम्म सम्पूर्ण स्वास्थ्य सुरक्षा मापदण्ड अपनाई सुरक्षित तरिकाले कार्यक्रममा सहभागी हुन अनुरोध छ,” उनले भने ।

यसअघि, शान्ति समाजले नयाँबस्ती युवा क्लबमा रक्तदान कार्यक्रम गरेर रगतको अभाव भएका स्वास्थ्य संस्थालाई हस्तान्तरण गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here