विश्व पौडेलविरूद्धको रिट दरपीठ, इजलासमा जाने अधिवक्ताको तयारी

काठमाडौँ । अर्थशास्त्री डा.विश्व पौडेललाई गभर्नर बनाउन नमिल्ने मागसहित सर्वोच्च अदालत पुगेको रिट दरपीठ भएको छ । अधिवक्ताहरु विशाल थापा र प्रतिभा उप्रेती रिट लिएर सर्वोच्च अदालत पुगेकामा  प्रशासनले उक्त रिट दरपीठ गरिदिएको हो । 

दरपीठविरुद्ध आफूहरु इजलासमा जाने तयारीमा रहेकाे अधिवक्ता उप्रेतीले बताएकी छन् । नेपाल राष्ट्र बैंक ऐन २०५८ प्रतिकूल हुनेगरी राजनीतिक दलको सदस्यलाई गभर्नर बनाउन लागिएको भन्दै उनीहरु रिट लिएर सर्वोच्च गएका थिए ।

frontline

यसअघि उनीहरुले गभर्नरको उमेरहदमा भएको संशोधनविरुद्ध सर्वोच्चमा रिट दायर गरेकोमा वैशाख १७ गते सर्वोच्चले अन्तरिम आदेश जारी गर्दै तत्काल उक्त संशोधन कार्यान्वयन नगर्न आदेश गरेको थियो ।

#विश्व पाैडेल

प्रतिक्रिया दिनुहोस्

frontline
poster-here