विश्वकप लिग टु : नेपाली टोली दोस्रो खेल खेल्दै, अमेरिकाविरुद्ध प्रतिस्पर्धा

फाइल तस्बिर

२८ जेठ, काठमाडौं । आईसीसी पुरुष क्रिकेट विश्वकप लिग टु अन्तर्गतको सिरिजका लागि अमेरिकामा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले शनिबार दोस्रो खेल खेल्दैछ ।

टेक्ससस्थित मोसा क्रिकेट मैदानमा नेपालले शनिबार राति घरेलु टोली अमेरिकाविरुद्ध प्रतिस्पर्धा गर्नेछ ।

frontline

नेपाल र अमेरिकाबीचको खेल नेपाली समय अनुसार राति ९ः१५ बजे सुरु हुनेछ ।

अमेरिकाविरुद्ध मैदान उत्रदा नेपाल सिरिजमा पहिलो जितको खोजीमा हुनेछ । नेपाल अमेरिकालाई हराउँदै २ अंक जोड्न चाहन्छ ।

सिरिज अन्तर्गत पहिलो खेलमा नेपाल ओमानसँग १३ रनले पराजित भएको थियो ।

अमेरिका भने सिरिजमा लगातार दोस्रो जित निकाल्न चाहन्छ । पहिलो खेलमा अमेरिकाले ओमानलाई हराएको थियो ।

अमेरिका नेपालको चिरपरिचित प्रतिद्वन्द्वी हो । पछिल्लो चार भेटमा नेपालले अमेरिकालाई तीन खेलमा हराएको छ ।

लिग टु मा नेपाल १३ खेलमा १२ अंक जोडेर छैटौं स्थानमा रहेको छ । अमेरिका २१ खेलमा २० अंक जोडेर चौंथो स्थानमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here