विश्वकप फाइनल : फ्रान्सविरुद्ध अर्जेन्टिनाको २–० को अग्रता

फाइल तस्बिर

३ पुस, दोहा । एन्जल डी मारियाले ३६औं मिनेटमा गरेको गोलसँगै फिफा विश्वकपको फाइनलमा फ्रान्सविरुद्ध अर्जेन्टिनाले २–० को अग्रता बनाएको छ।

अलेक्सिस म्याक अलिस्टरले दिएको पासलाई डी मारियाले उत्कृष्ट फिनिसिङ गर्दै अग्रता दोब्बर पारेका हुन्।

frontline

यअसघि कप्तान लियोनेल मेसीको गोलमा अग्रता लिएको थियो। मेसीले पेनाल्टीमार्फत २३औं मिनेटमा गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाएका थिए।

ओसुमाने डेम्बेलेले एन्जल डी मारियालाई फाउल गरेपछि अर्जेन्टिनाले पेनाल्टी पाएको थियो।

फ्रेन्च डिफेन्डर थिओ हर्नान्डेजको गल्तीमा अर्जेन्टिनाले १७औं मिनेटमा सुन्दर मौका पाएको थियो। तर, एन्जल डी मारियाले गरेको प्रहार आकासिएको थियो।

सेमिफाइनलमा अर्जेन्टिनाले क्रोएसियालाई ३–० को नतिजामा पराजित गरेको थियो। यस्तै साविक विजेता फ्रान्सले मोरक्कोलाई २–० को नतिजामा परातिज गर्दै फाइनलमा स्थान बनाएको थियो।

अर्जेन्टिना यसअघि पटक सन् २०१४ मा विश्वकपको फाइनलमा पुगेको थियो। जहाँ जर्मनीसँग पराजित भएको थियो। चार वर्षअघि फ्रान्सले फाइनलमा क्रोएसियालाई पराजित गर्दै उपाधि जितेको थियो।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here