विवकेशीलका नेता उज्ज्वल थापाको अवस्था गम्भीर,आर्थिक सहयोगको अपिल

श्रोत : ईन्टरनेट

काठमाडौं । विवकेशील साझा पार्टीका नेता उज्ज्वल थापाको स्वास्थ्य अवस्था गम्भीर भएको जनाइएको छ ।

विवेकशील साझा पार्टीका संयोजक मिलन पाण्डेले सामाजिक सञ्जालमार्फत उनको अवस्था गम्भीर रहेकाले आर्थिक सहयोगका लागि अपिल गरेका छन् ।

frontline

“केही दिनअघि उज्ज्वल दाइलाई कोरोनाभाइरसको संक्रमण भयो । उहाँको उपचार ह्याम्स काठमाडौंमा सुरु भयो र त्यसपछि ग्रान्डी अस्पताल रेफर गरिएको थियो र, शुक्रबार उनलाई नेपाल मेडिसिटी अस्पताल लगिएको छ । अहिले उहाँको अवस्था निकै जटिल रहेको छ । हामी यो अवस्थाको सामना गर्न सक्दो प्रयास गर्दैछौँ । अहिले हामीलाई सबैभन्दा बढी तपाईंको साथ र सहयोग आवश्यकता परेको छ,” पाण्डेले भनेका छन् ।

थापाको उपचारको लागि परिवारको अनुमतिमा सहयोगको अपिल पनि गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

poster-here