विरोध प्रदर्शनमा उत्रिएका ६ जना प्रहरीद्वारा प्रक्राउ

बिएन्डसी मेडिकल कलेजलाई अवैध रुपमा सम्बन्धन दिन लागिएको भन्दै विरोध प्रदर्शन

काठमाडौं । बिएन्डसी मेडिकल कलेजलाई अवैध रुपमा सम्बन्धन दिन लागिएको भन्दै विरोधमा प्रदर्शन उत्रिएका ६ जनालाई प्रहरीले प्रक्राउ गरेको छ।

विरोधमा बिहिबार माइतीघरमा प्रदर्शन गरिरहेका सोलिडारिटी फर डा. केसी अलायन्सका अभियन्ताहरु छिरिङ तामाङ, सचिन तिमल्सेना, लोकेश कुँवर, चेतन बुढाथोकी, साजन तामाङ र शशि विक्रम कार्की लाई प्रहरीले पक्राउ गरेको हो।

frontline
श्रोत : ईन्टरनेट

जेठ २८ गते चिकित्सा शिक्षा आयोगको आकस्मिक बैठक राखेर अवैध रुपमा झापास्थित बीएण्डसी अस्पताललाई मेडिकल कलेजको सम्बन्धन दिलाउन प्रधानमन्त्री ओलीले प्रयास गरिरहेका छन्।

वैध आसयपत्र नै नभएको उक्त अस्पताललाई अदालतमा मुद्दा विचाराधीन रहेको बेला प्रधानमन्त्रीको ठाडो हस्तक्षेपमार्फत सम्बन्धन दिने कोसिस भइरहेको छ।

यो अवस्थामा पक्राउ परेका हाम्रा सबै साथीहरुलाई तत्काल विनाशर्त रिहा गर्ने सोलिडारिटी फर डा केसी अलायन्सले माग गरेको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here