विराटनगर महानगरपालिकाको मतगणना बिहान १० बजेबाट सुरु

३१ वैशाख, विराटनगर । विराटनगर महानगरपालिकाको मतगणना शनिबार बिहान १० बजेबाट सुरु भएको छ।

मतगणनास्थल विराटनगर–७ स्थित आदर्श विद्यालय हो। 

frontline

एकैपटक ६ ठाउँबाट मतगणना सुरु गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

विराटनगर-१, २, १६, १७, १८ र १९ नम्बर वडाको मत गन्न थालिएको छ। विराटनगरमा बिहान ८ बजेदेखि मतगणना सुरु गर्ने भनिएको थियो। 

तर दलका प्रतिनिधि आइनपुगेको र वर्षा पनि भएकोले मतगणना २ घण्टा ढिलो सुरु भएको हो। 

विराटनगरमा १९ वटा वडा छन्। सिसी क्यामेरा जडान गरिएको गणनास्थललाई तारजालीले समेत घेरिएको छ। 

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here