विराटनगरका दुई स्थानमा भेटिएका शंकास्पद वस्तु नेपाली सेनाद्वारा निष्क्रिय

३ मंसिर, विराटनगर । विराटनगर महानगरपालिकाका दुई स्थानमा भेटिएका शंकास्पद वस्तु नेपाली सेनाको टोलीले निष्क्रिय पारेको छ ।

निर्वाचनको अघिल्लो दिन शनिबार विराटनगरका दुई स्थानमा शंकास्पद वस्तु फेला परेको थियो । शनिबार विहान विराटनगर महानगरपालिका-३ को  पुष्पमार्ग र दिउँसो विराटनगर– ३ खारजीमा शंकास्पद वस्तु फेला परेको हो ।

frontline

दुवै स्थानमा भेटिएका शंकास्पद वस्तु नेपाली सेनाको टोलीले निष्क्रिय बनाएको हो । डिस्पोज गरिएका वस्तु बम नभएको प्रहरीले बताएको छ ।

जिल्ला प्रहरी कार्यालय मोरङका डीएसपी दीपक श्रेष्ठका अनुसार पुष्पचोकमा रङको खाली बट्टामा कपडा राखेर तार र टेपले बेरेको अवस्थामा शंकास्पद वस्तु भेटिएको थियो ।

खारजीमा इनामेलको बट्टा खतरा राखेर राखिएको अवस्थामा फेला परेको उनले बताए । आतंक सिर्जना गर्ने उद्देश्यले राखिएका दुवै वस्तु निष्क्रिय बनाइएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here