विमान दुर्घटना हुँदा चार यात्रुको मृत्यु

५ पुस, मोरेटन । अष्ट्रेलियाको पूर्वी कोस्टमा विमान दुर्घटना हुँदा चार यात्रुको मृत्यु भएको छ।

पूर्वी कोस्टस्थित मोरेटन बेस्थित आइतबार विमान दुर्घटना हुँदा बालबालिकासहित चारको मृत्यु भएको थियो।

frontline

रकवेल इन्टरनेसनल नामक सो विमान आइतबार विहान पानीमा खसेको थियो। ६९ वर्षीय पाइलटले तीन यात्रुसहित विमान चलाएका थिए।

विमानमा सवार यात्रु घुम्न निस्केका थिए। सोही क्रममा विमान दुर्घटनामा परी विमान चालकसहित अन्य तीनको मृत्यु भएको प्रहरीले जनाएको छ।

मृतक सबैको पहिचान हुन नसकेको र विमान दुर्घटनाबारे अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here