विमलेन्द्र निधिलाई कार्यवाहक सभापतिको जिम्मेवारी

१३ कार्तिक, काठमाडौं : नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिलाई कार्यवाहक सभापतिको जिम्मेवारी दिइएको छ। बेलायत जानु अघि पार्टी सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले निधिलाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएका हुन्। 

कांग्रेस पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा २५ को उपधारा (१३) बमोजिम स्वदेश नफर्कुञ्जेलसम्मका लागि निधिलाई पार्टीको कार्यवाहक सभापति तोकेको जानकारी दिए।

frontline

जारी विज्ञप्तिमा भनिएको छ, ‘नेपाली कांग्रेसका सभापति, संसदीय दलका नेता एवं सम्माननीय प्रधानमन्त्री  शेरबहादुर देउवा World Leaders Summit during the 26th Conference of Parties (COP 26) of the UN Framework Convention on Climate Change मा सहभागी हुन बेलायत प्रस्थान गर्नु भएकोले नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा २५ को उपधारा (१३) बमोजिम स्वदेश नफर्कुञ्जेलसम्मका लागि नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिलाई पार्टीको कार्यबाहक सभापति तोक्नु भएको छ। ‘

प्रधानमन्त्री देउवा यही कात्तिक १५ र १६ (नोभेम्बर १ र २) मा संयुक्त अधिराज्यको ग्लास्गोमा हुने वर्ल्ड लिडर समिटमा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै शुक्रबार त्यसतर्फ प्रस्थान गरेका छन्।

कोप–२६ अक्टोबर ३१ देखि नोभेम्बर १२ सम्म संयुक्त अधिराज्यको ग्लास्गोमा आयोजना हुँदैछ। प्रधानमन्त्री देउवाले सो अवसरमा राष्ट्र र सरकार प्रमुख तथा अन्य विशिष्ट व्यक्तिसँग द्विपक्षीय भेटवार्ता गर्नुहुने कार्यक्रम छ ।

प्रधानमन्त्री देउवा नोभेम्बर २ को बिहान बेलायतका प्रधानमन्त्री जोनसन र स्कटल्याण्डका प्रथम मन्त्रीले सीमित राष्ट्राध्यक्ष तथा सरकार प्रमुखका लागि आयोजना गर्ने ‘ब्रेकफास्ट रिसेप्सन’मा पनि सहभागी हुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

प्रधानमन्त्री देउवा यही कात्तिक १८ गते स्वदेश फर्कने कार्यक्रम छ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here