विप्लव नेतृत्वद्वारा भ्रष्टचारको विरुद्धमा जनकारवाहीको अभियान

श्रोत : ईन्टरनेट

चितवन । नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी चितवनले स्थानिय निकाय र सरकारी कार्यालयमा भएको चर्को कर र भ्रष्टचारको विरुद्धमा संघर्ष र जनकारवाहीको अभियान थाल्ने भएको छ ।

पार्टीको जेठ १५ , १६ र १७ गते भरतपुरमा भएको चितवन जिल्ला समितीको २१ औँ बैठकको निर्णय अनुसार चितवनमा विभीन्न संर्घष र जनकारवाहीका कार्यक्रम थाल्ने भएको हो ।

frontline

पार्टीको  बैठकको निर्णयबारे जानकारी दिन आज नारायणगढमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै पार्टीका जिल्ला  इञ्चार्ज सन्देश पौडेलले चितवनको माडी नगरपालिकाभित्र भएको ठूलो आर्थिक चलखेल लगायत सबै स्थानिय निकायमा भएको चर्को कर र भष्टचारविरुद्ध जनकारवाही थाल्ने जनाए ।

इञ्चार्ज पौडेलले भने ‘पछिल्लो समयमा मौलाउदो भष्टचारलाई निरुत्साहित गर्न हामी जनकारवाहीका कार्यक्रम ल्याएका छौ ।’

यस्तै पार्टीले नारायणी राप्ती लोथर रिउ लगायतका २० औँ खोलाहरुमा कमिसनको जगमा भएका प्राकृति दोहन रोक्न पहल गर्ने भएको छ।

अवैध उत्खनन र क्रसरहरुलाई तत्काल बन्द गराउन सम्बन्धित पक्षको ध्यानकर्षण गराउने र त्यसविरुद्ध संघर्षका कार्यक्रमहरु बढाउने ईञ्चार्ज पौडेलले बताए।

पछिल्लो समयमा विधार्थीहरुलाई अनलाइन पढाइको नाममा अभिभावकसँग चर्को मासिक शुल्क रोक्न पहल गर्ने उनले बताए ।

यस्तै कोभिडको उपचारमा देखिएको लापरवाह चर्को श’ल्क विरुद्ध ध्यानाकर्षण र भण्डाफोर गर्ने जनाएको छ ।

नेपाल कम्युनिष्ट पार्टीले दलित र महिलामाथिका सबै भएका हिंसाविरुद्द जागरण अभियान थाल्ने बताएको छ ।यस्तै चितवनका सुकुम्बासी बस्तीलाई उचित व्यवस्थापनका लागि पार्टीले पहल गर्ने भएको छ ।

चितवनका बादरझुला ,छरछरे ढुकुरबारी लगायतका बस्तीमा छरिएर रहेका सुकुम्बासी बस्तीको व्यवस्थापन र लालपुर्जा प्राप्तीको आन्दोलनलाई निर्णायक ढंगले अगाडि बढाउने पौडेलले बताए ।

पार्टीले आफ्नो संगठन विस्तारको कामलाई अगाडि बढाउने भएको छ ।

यस्तै केन्द्रको निर्णय र निर्देशन अनुसार चितवनमा पनि जनमत संग्रहको चुनाव र समाजवादको रणनैतिक महत्वको नारा अगाडि बढाउदैँ वैचारिक सांगठनिक र संर्घषका गतिविधी अगाडि बढाउने निर्णय भएको ईन्जार्ज पौडेलले बताए ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here