विप्लवको पार्टी पनि ०८४ को चुनावमा जुट्ने, २१ फागुनदेखि जनमार्चb
नेत्रविक्रम चन्द सी नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आगामी २१ फागुनदेखि जनमार्चा सञ्चालन गर्ने भएको छ । छैटौं पूर्ण बैठकको निर्णय सार्वजनिक गर्दै नेकपाले झापादेखि कञ्चनपुरसम्म मार्च सञ्चालन गरिने जानकारी दिएको हो ।
भ्रष्टाचार, वैदेशिक हस्तक्षेप, सुकुम्बासी, मिटरब्याज, ऋण आतंक लगायत मुद्दाविरुद्ध यो मार्च चलाइने जानकारी दिइएको छ ।
पार्टी गठनको १० वर्ष पुगेकाले पार्टीको विचार र प्रस्तावहरूको पक्षमा देशव्यापी अन्तक्रिया गर्ने निर्णय पनि सार्वजनिक गरिएको छ । सँगै आगामी संसदीय चुनाव २०८४ मा भाग लिनेगरी अरु निर्णयहरू पनि भएका छन् ।
‘आगामी २०८४ को चुनावलाई राष्ट्रिय स्वाधीनता, उत्पीडित वर्ग, जाति, समुदाय, महिला, युवा विद्यार्थी र नेपाली विशेषताको समाजवादका पक्षमा प्रयोग गर्ने निर्णय गरिएको छ । त्यसका लागि जनतालाई स्पष्ट सन्देश दिन पार्टी दर्ता गरेर उपयुक्त चुनाव चिन्ह लिइनेछ’, वक्तव्यमा भनिएको छ ।
नेकपाले क्रान्तिकारी पार्टीहरूसँग एकताको उद्देश्य राखेर मोर्चामा सहकार्य गर्ने निर्णय पनि गरेको छ ।
प्रतिक्रिया दिनुहोस्