विपद्पछिको राहत: निर्माण व्यवसायी महासंघद्वारा नुवाकोटमा २६८ मिटर लामो झोलुङ्गे पुल निर्माण
काठमाडौँ। विपद्पछिको जनजीवनलाई सहज बनाउन नेपाल निर्माण व्यवसायी महासंघले नुवाकोटस्थित त्रिशूली नदीमाथि एक महिनाकै छोटो अवधिमा २६८ मिटर लामो झोलुङ्गे पुल निर्माण सम्पन्न गरेको छ।
नुवाकोटको त्रिशूली बजार र ढुङ्गे बजारलाई प्रत्यक्ष रूपमा जोड्ने उक्त पुल गत भदौ १० गते आएको विनाशकारी बाढीले बगाएको थियो । उक्त स्थानको झोलुङ्गे पुल निर्माण सम्पन्न भएसँगै भोलिदेखि पूर्ण रूपमा सञ्चालनमा आउने भएको छ । विपद्का कारण प्रभावित बनेका नागरिकको आवतजावतलाई सहज बनाउन र तत्काल राहत पुर्याउने उद्देश्यले महासंघले आफ्नै कोषबाट यो पुल निर्माण गर्ने निर्णय गरेको थियो ।






प्रतिक्रिया दिनुहोस्