विद्युतीय सवारी प्रयोग गर्न कुलमान घिसिङको सुझाब

२८ कार्तिक काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले नेपालमा इन्धनको मूल्य बढेको सन्दर्भमा देशमा विद्युतीय सवारी प्रयोग गर्न सुझाएका छन् ।

बुटवलस्थित क्षेत्रीय विद्युत् प्राधिकरणको कार्यालयमा पुगेका घिसिङले पत्रकारहरूसँग कुरा गर्दै प्राधिकरणले देशैभरि ५० भन्दा धेरै विद्युत् चार्जिङ स्टेसन निर्माण गर्न लागेको जानकारी दिए ।

frontline

घिसिङले निजी कम्पनीहरूले समेत चार्जिङ स्टेसन खोल्न चाहेमा प्राधिकरणले सहजै अनुमति दिनेसमेत उद्घोष गरेका हुन् । 

यस्तै घिसिङले देशभरि उद्योगहरूलाई चाहिने जति विद्युत् आपूर्ति गर्न प्राधिकरण सक्षम रहेको समेत बताए । कुलमानले भने,‘औद्योगिक करिडोरहरूलाई चाहिने विद्युत् हामीले उपलब्ध गराउने छौँ।’

सब स्टेशन निर्माण र ट्रान्समिसन लाइनहरूको विस्तार भइरहेको र भारतलाई समेत उपलब्ध विद्युत् बेचिरहेको घिसिङको भनाई थियो । घिसिङले विद्युत्लाई सकेसम्म नेपालमै आपूर्ति गर्ने र बाकी रहे मात्रै भारतलाई बेच्ने बताए ।

उनले उद्योगीहरूलाई परेको ट्रङ्क लाइनको विषय पनि प्राधिकरणले समाधान गर्नेतर्फ छलफल केन्द्रित गरेको बताए ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here