विद्यालय सञ्चालन- सन्दर्भ र बहसमा पालिका

कोभिड १९ को संक्रमण जोखिम अझै घटेको छैन । यद्यपी यसको जोखिमबाट बँच्न र संक्रमण रोक्न गरिएको लकडाउन अहिले लगभग पुर्ण रुपमा खुलेको अवस्था छ । यसैबिच स्वास्थ्य सुरक्षाका मापदण्ड पुर्णरुपमा पालना गर्दै शिक्षण संस्थाहरु खोल्न पाइने भनिएको छ । कोभिडको हटस्पटका रुपमा रहेको काठमाडौँ उपत्यकाका कतिपय नगरपालिकाका विद्यालय संचालन भइसकेका छन् भने देशका विभिन्न स्थानमा पनि धमाधम विद्यालय खोल्न थालिएको छ । यस्तै कतिपय पालिकाहरुले छिट्टै खोल्ने गरि तयारी गरिरहेका छन् ।
अहिलेकै अवस्थामा शैक्षिक कार्यक्रम भौतिक रुपमै संचालन गर्नु ठिक होकी होइन ?, यसका चुनौती केके हुन ? खासमा व्यवस्थापन कसरी गर्नु पर्दछ ? यसमा कसको भुमिका कस्तो हुनुपर्छ लगायतका विषयमा केन्द्रित हुँदै हामी स्थानिय तहका जनप्रतिनिधि, शिक्षा क्षेत्रका व्यक्तित्व लगायत सरोकारवाला हरुसंग बहस गर्दैछौँ ।

जिल्ला प्रशासन कार्यालयले अघिल्लो साता नै उपत्यकामा विद्यालय सञ्चालन गर्न सक्ने गरी आदेश जारी गरेसँगै स्थानीय तहहरूले विद्यालय खोल्ने तयारी गरेका हुन्। ‘बैठकले स्थानीय तहहरूले अभिभावक र शिक्षकसँग छलफल गरेर कोभिडको अवस्था मूल्यांकन गरी असोज १ गतेदेखि विद्यालय सञ्चालन गर्न सकिने भन्ने निर्णय गरेको छ,’ । विद्यालय सञ्चालन गर्दा नगरपालिकाहरूले अनिवार्य सरकारले तोकेको स्वास्थ्य प्रोटोकल पालना गर्नुपर्ने र सोको पालना भएको/नभएको भनेर नियमित नियमन गर्नुपर्ने छ। तर विद्यालय सञ्चालन गर्दा स्थानीय तहहरूले जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसी) सँग समन्वय गर्नुपर्ने भनिएपछि सोबारे अन्तिम टुंगो गर्न बैठक बसेको हो।

frontline

तर विज्ञहरूले अहिले विद्यालय खोल्ने बेला नभएको भन्दै कम्तीमा दसैं/तिहारपछि मात्र सोबारे निर्णय लिनुपर्ने सुझाएका थिए। डिसिसिएमसीले विद्यालय खोल्न सक्ने गरी निर्णय गरिदिएको छ।यद्यपि स्थानीय तहहरूले एकल निर्णयबाट मात्रै विद्यालय खोल्न नपाउने भनिएको छ। विद्यालय खोल्नुपूर्व स्थानीय तहहरूले त्यहाँका अभिभावकहरूसँग पनि छलफल गर्नुपर्ने हुन्छ।

काठमाडौं उपत्यकामा असोज १ गतेदेखि विद्यालय खुल्ने

काठमाडौं उपत्यकामा आगामी असोज १ गतेदेखि विद्यालय खुल्ने भएका छन्।आज दिउँसो काठमाडौं सिडिओ लगायत उपत्यकाका स्थानीय तहहरूबीच भएको बैठकले असोज १ गतेदेखि विद्यालय खोल्ने निर्णय गरेको हो।

काठमाडौं प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले उपत्यकाका स्थानीय तहहरूले कोभिडको अवस्था हेरी असोज १ गतेदेखि विद्यालय खोल्न सक्ने जानकारी दिए।

‘हरेक नगरपालिकामा शिक्षा शाखा हुन्छ। उहाँहरूले विद्यालय खोल्ने निर्णय गर्नुपूर्व अभिभावकसँग छलफल गरी सहमति गर्नुपर्छ। त्यसैले कोभिड स्थिति र सबै कुराको मूल्यांकन गर्दै विद्यालय खोल्ने जिम्मा स्थानीय तहलाई नै दिइएको हो,’ उनले भने।
सिडिओ पराजुलीले उपत्यकामा असोज १ गतेदेखि विद्यालय खोल्न सकिने भए पनि पूर्णरूपमा विद्यालय सञ्चालनमा आउन तिहारसम्म लाग्ने बताए।

‘असोज एक गतेदेखि विद्यालय खुल्ने भनेको ‘वार्मअप’ को लागि हो। तर पूर्णरूपमा विद्यालय सञ्चालन हुने दसैं/तिहारपछि नै हो,’ उनले भने।

तारकेश्वर नगरपालिकाका विद्यालयहरु भाद्र २७ गते देखि भौतिक रुपमा संचालन हुने

तारकेश्वर नगरपालिकाको आज बसेेको नगर शिक्षा समितिको ब‌ैठकले विधालय सञ्चालन गर्ने यस्तो ४ बुदे निर्णय गर्दै भाद्र २७ गते बाट विद्यालयहरु भौतिक रुपमा संचालन गर्ने जानकारी दिएको छ।

आइतबारदेखि राजविराजका विद्यालय सञ्चालन हुने

सप्तरी जिल्ला प्रशासन कार्यालयले विद्यालय सञ्चालन गर्न स्थानीयतहलाई जिम्मा दिएपछि राजविराजका विद्यालय आइतबारदेखि खुल्ने भएको छ ।

सप्तरीको राजविराजमा प्रमुख जिल्ला अधिकारी जयननारायण आचार्यको अध्यक्षतामा बसेको जिल्ला कोभिड सङ्कट व्यवस्थापन समितिको बैठकबाट विद्यालय सञ्चालन गर्ने जिम्मा स्थानीय तहलाई दिएको थियो । सोहीअनुरुप राजविराज नगरपालिका नगर शिक्षा समितिले शुक्रबार एक विज्ञप्ति जारी गर्दै भदौ २० गतेदेखि स्वास्थ्य मापदण्ड पालन गरी विद्यालय खोल्ने निर्णय गरेको छ ।

कञ्चनपुरमा जनस्वास्थ्यका मापदण्ड अपनाएर शैक्षिक संस्थाले पठनपाठन गर्न पाउने

कञ्चनपुरमा जनस्वास्थ्यका मापदण्ड अपनाएर मात्रै शैक्षिक संस्थाले पठनपाठन गर्न पाउने भएका छन् ।जिल्ला कोभिड व्यवस्थापन समितिको शुक्रबार बसेको बैठकले भौतिक उपस्थितिमा पठनपाठन गर्न चाहने शैक्षिक संस्थालार्ई स्मार्ट लकडाउनसम्बन्धी कार्यविधिको परिधिभित्र रही अनिवार्यरूपमा जनस्वास्थ्यका मापदण्ड अपनाएर मात्रै शैक्षिक गतिविधि गर्न दिने निर्णय गरेको हो । बैठकपछि कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी रामप्रसाद पाण्डेद्वारा जारी गरिएको आदेशमा पहिलो प्राथमिकता सकेसम्म भौतिक उपस्थितिमा पठनपाठन नगरी भर्चुअल माध्यमबाट पठनपाठन गर्न गराउन आग्रह गरिएको छ ।

गोरखा नगरपालिकाका विद्यालयहरु २८ गतेबाट खुल्ने

गोरखा नगरपालिकाका विद्यालयहरु यही भदौ २८ गतेबाट खुल्ने भएका छन् । आइतबार बसेको नगर शिक्षा समितिको बैठकले भौतिक उपस्थितिमा पठनपाठन संचालन गर्न पाउने निर्णय गरेको हो ।

कोरोनाका कारण विगत पाँच महिनादेखि विद्यालयहरु बन्द छन् । शिक्षा समितिको बैठकअघि शिक्षासँग सम्बन्धित विभिन्न सरोकारवालासँग छलफल भएको थियो ।सहभागीले भौतिक उपस्थिति गराएर विद्यालयमा शिक्षण सिकाइ क्रियाकलाप संचालन गर्न सिफारिस गरेका थिए । सोही सिफारिसको आधारमा नगर शिक्षा समितिले बिद्यालय खोल्ने निर्णय गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline

विश्व परिवेश

poster-here