वार्ताका लागि मध्यस्थकर्तामार्फत इरानको कूटनीतिक च्यानल सक्रिय

इरान र अमेरिकाबीच लगातार जवाफमा हमलाहरू भइरहेको समय इरानले मध्यस्थकर्ताहरूबाट युद्धविरामका लागि कुटनीतिक प्रस्तावहरू प्राप्त गरेको जनाएको छ।

विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघाइले सोमबार तेहरानमा साप्ताहिक पत्रकार सम्मेलनमा कतारले अमेरिका–इरान वार्ता पुनः सुरु गर्न र १० दिनको युद्धविरामका लागि नयाँ प्रस्ताव ल्याएको रिपोर्टबारे उनलाई सोधिएको प्रश्नको जवाफमा अन्य विवरण नदिई मध्यस्थकर्ताहरूबाट युद्धविरामका लागि कुटनीतिक प्रस्तावहरू प्राप्त गरेको पुष्टि गरेका हुन्।

frontline

बघाइले इरानको कूटनीतिक संयन्त्र अमेरिकाको हमलाको सैन्य जवाफसँगै सक्रिय रहेको बताएका छन्। उनले अमेरिकाले हालै गरेको नागरिक पूर्वाधार (पुल र चिकित्सा केन्द्र) माथिको हमलाको निन्दा गर्दै यसलाई ‘जनताको जीवन, सुरक्षा र मानवीय सम्मानको अधिकार’ को उल्लङ्घनको संज्ञा दिए।

जुन १८ मा वाशिङ्टनसँग हस्ताक्षर गरिएको शान्ति समझदारी पत्रबारे उनले भने, “उक्त सम्झौताको ‘पाठ पूर्ण रूपमा स्पष्ट छ’ र सम्झौताको वाचा तोड्न वाशिङ्टनसँग कुनै बहाना छैन।”

उनले तेहरानले ‘प्रतिबद्धता’ अनुसार अघि बढेको बताए। वाशिङ्टनले बारम्बार आफ्नो प्रतिबद्धता तोडेपछि तेहरानले पनि आफ्नो दायित्व रोकेको बताए।

हरमुज जलडमरूमध्यबारे नले इरानले उक्त जलमार्गमाथि आफ्नो सार्वभौमिकता प्रयोग गर्ने र आफ्नो हितविरुद्ध कुनै ‘दुरुपयोग’ रोक्ने अडान दोहोर्याए।

अमेरिकाले गत हप्ता इरानका दक्षिणी प्रान्तहरूमा पटक–पटक हमला गरेको थियो र यसलाई ‘व्यावसायिक जहाजहरूलाई इरानबाट हुने खतरा मगर्ने” उद्देश्यले गरिएको बताएको थियो।

इरानले जवाफमा कुवेत, बहराइन र जोर्डनमा रहेका अमेरिकी सैन्य आधार र सुविधाहरूलाई लक्षित गरी मिसाइल र ड्रोन आक्रमणको गरेको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here