वार्ताका लागि टोली पठाउने इजरायलको घोषणा

News Summary

Generated by OK AI. Editorially reviewed.

  • इजरायलले गाजामा युद्धविराम र बन्धक रिहाइका लागि कतारमा वार्ताका लागि प्रतिनिधिमण्डल पठाउने निर्णय गरेको छ।
  • हमासले वार्ताको निमन्त्रणा स्वीकार गरे पनि मागमा संशोधनको आवश्यकता बताएको छ।
  • इजरायलले बमबारी जारी राख्दा पनि हमासले युद्धविरामको प्रस्तावमा सकारात्मक प्रतिक्रिया जनाएको छ।

frontline

२२ असार, काठमाडौं । गाजामा युद्धविराम र बन्धकको रिहाइका लागि हमाससँग कतारमा हुने प्रस्तावित वार्ताका लागि इजरायलले आइतबार एक प्रतिनिधिमण्डल पठाउने निर्णय गरेको छ।

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूको कार्यालयले दिएको जानकारी अनासर हमासले गरेको माग ‘अस्वीकार्य’ रहे पनि उनीहरूले वार्ताको निमन्त्रणा स्वीकार गरेका छन्।

हमासले कतार, अमेरिका र इजिप्टको मध्यस्थता रहेको योजना संशोधन गर्नुपर्ने बताएको थियो ।

प्यालेस्टिनी अधिकारीका अनुसार हमासले प्रस्तावमा केही संशोधनको माग गरेको छ जसमा स्थायी युद्धविरामको वार्ता असफल भए पनि फेर युद्ध नहुने ग्यारेन्टी गर्नुपर्ने उल्लेख छ ।

शुक्रबार राति हमासले ६० दिनको युद्धविरामसम्बन्धी प्रस्तावमा ‘सकारात्मक प्रतिक्रिया’ दिएको बताएको थियो र वार्ताका लागि तयार रहेको जनाएको थियो।

वार्ताका लागि कतार टोली पठाउने घोषणाका बावजुद पनि इजरायली सेनाले गाजा क्षेत्रमा बमबारी जारी राखेको छ । अलजजिराका अनुसार आक्रमणमा परी पछिल्लो २४ घण्टामा कम्तीमा ७८ जना मारिएका छन् ।

इजरायल |वार्ता |हमास

प्रतिक्रिया दिनुहोस्

frontline
poster-here