वायुसेवा निगमका ५ पाइलटलाई निलम्बन गर्न उड्डयन प्राधिकरणको निर्देशन

९ माघ, काठमाडौं । एयर ट्राफिक कन्ट्रोलरको निर्देशन पालना नगरेको कसुरमा नेपाल वायुसेवा निगमका ५ जना पाइलटलाई निलम्बन गर्न नेपाल नागरिक उड्डयन प्राधिकरणले निगमलाई निर्देशन दिएको छ ।

प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाका अनुसार काठमाडौंबाट हङकङ उडानको जहाजका तीन जना र काठमाडौंबाट जापान उडानको जहाजमा रहेका दुई जना पाइलटलाई निलम्बन गर्न निर्देशन दिइएको उनले जानकारी दिए ।

frontline

उनका अनुसार हङकङ उडेको जहाजका पाइलट नरबहादुर विश्वकर्मा, राजेश कुशवाह र उद्धव घिमिरेलाई एटीसीको निर्देशन पालना नगरेको कसुरमा निलम्बन गर्न भनिएको हो ।

जापान उडेको जहाजमा रहेका वाईपी ज्वार्चन र प्रसन्न रानालाई समेत सोही कसुरमा निलम्बनको निर्देशन दिइएको निरौलाले जानकारी दिए । उनका अनुसार काठमाडौंबाट ती गन्तव्यमा उडान गर्ने क्रममा पाइलटहरुले एटीसीको निर्देशन पालना नगरेको देखिएको छ ।

प्राधिकरणका अनुसार यी दुवै उडान शुक्रबारका थिए । यी दुवै उडानमा एटीसीको निर्देशन के थियो भन्ने चाहिँ प्राधिकरणले खुलाएको छैन ।

निरौलाका अनुसार प्राधिकरणको निर्देशन निगमले पालना गर्नु पर्छ । त्यसपछि निलम्बनका परेका पाइलटसँग प्राधिकरणले छुट्टै छलफल गर्छ । त्यसपछि थप निर्णय हुने उनले जानकारी दिए । प्राधिकरणको निर्देशनसँगै यी पाइलटले जहाज उडाउन पाउँदैनन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here