वायुसेवा निगमका महाप्रबन्धक डिमप्रकाश पौडेल ‘बेपत्ता’

श्रोत : ईन्टरनेट

१४ मंसिर, काठमाडौं । नेपाल वायुसेवा निगममा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले नियुक्त गरेका महाप्रबन्धक डिमप्रकाश पौडेल ‘बेपत्ता’ भएका छन् ।

निगमको नयाँ कार्यकारी अध्यक्ष पदमा निगमकै पूर्व कर्मचारी युवराज अधिकारी नियुक्त भइसक्दा पनि महाप्रबन्धक पौडेलले न त राजीनामा दिएका छन्, न त हाजिर गर्न निगम नै जाने गरेका छन् । पौडेल कहाँ छन् भन्ने कुरा निगमकै कर्मचारीहरुलाई थाहा छैन ।

frontline

चोक्टा खान आएकी बूढी, झोलमा डुबेर मरी’ भनेजस्तै भएको छ पौडेलको हालत । दृष्टिको सम्पर्कमा आएका पौडेलले राजीनामा दिने ‘मुड’ बनाएका छैनन् ।

स्रोतका अनुसार पर्यटन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछानेको कोठामा पौडेलले हाजिर गर्दै आएका छन् ।

पर्यटन मन्त्रालयले २०७८ मंसिर २ गते महाप्रबन्धक पौडेलले अमेरिका जान लिएको सात हजार अमेरिकी डलर पेश्की फस्र्यौट गर्न निगमलाई पत्राचार गरेको छ ।

०६ जुन २०२१ मा निगमको बोइङ ७५७ जहाज र इन्जिन बेच्न अमेरिका जान भनेर पौडेलले सात हजार डलर पेश्की लिएका थिए । उक्त जहाजको इन्जिन बिक्रीका विषयमा अख्तियारले छानबिन गरेको छ ।

यस विषयमा पौडेलसँग सोध्दा उनले निगममा रकम फर्काइसकेको जवाफ दिए ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here