वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको १०२ औँ जन्मोत्सव

ललितपुर । ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले आज वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको १०२ औँ जन्मोत्सवका अवसरमा सुस्वास्थ्य एवं दीर्घायुको कामना गरेका छन् । महर्जनले बिहान जोशी निवास बखुम्बहाल पुगेर उनलाई शुभकामना अर्पण गरेका थिए ।

नयाँ परिवर्तित रुपको कोभिड महामारीलाई ध्यानमा राखी साधारण तरिकाले आफ्नो जन्मदिन मनाइएको जोशीले बताए । उनले भने, “राष्ट्रमा सङ्कट परेका बेला साधारण तरिकाले अघि बढ्नु उपयुक्त हुनेछ ।” बुवा शङ्करराज र आमा राजकुमारीका सुपुत्रका रुपमा विसं १९७७ आजकै दिन जोशी ललितपुरमा जन्मिएका थिए । जोशीलाई फोनमार्फत पनि शुभकामना आइरहेको छ ।

frontline

आजका दिनसम्म कुनै रोगले समातिनसकेकामा आफूलाई भाग्यमानी सम्झने गरेको उनले बताए । जोशीले नेपाली भाषा, कला र संस्कृतिको संरक्षणमा विशेष योगदान दिँदै आएका छन् । जीवनमा तीन पटक मदन पुरस्कार, विभूषण, पदकलगायत पुरस्कार पाइसकेका जोशीले केही समय पहिले आफ्नो मुहाराङ्कित रु १० को हुलाक टिकट प्रकाशन हुँदा ज्यादै सन्तोष लागेको बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here