वर्षमान पुन पौष २३ गते स्वदेश फर्कंदै, आज डिस्चार्ज हुँदै

फाइल तस्बिर

२० पुस, काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन पौष २३ गते स्वदेश फर्कंदै छन्। चीनको थर्ड पिपुल्स हस्पिटल अफ सेनजेनमा उपचाररत पुन चिनियाँ समयानुसार मंगलबार दिउँसो दुई बजे डिस्चार्ज हुने प्रेस सल्लाहकार दयानिधि भट्टले जानकारी दिए ।

उनले भने, ‘चीनमा उपचाररत पुन चिनियाँ समयानुसार दिउँसो दुई बजे अस्पतालबाट डिस्चार्ज हुनुहुन्छ। पौष २३ गते फर्कने कार्यतालिका छ।’

frontline

काठमाडौंबाट उपचारका लागि थाइल्याण्डको बैंकक गएका पुन सिधै उपचारका लागि चीन‍ गएका थिए। स्वास्थ्यमा सुधार आएपछि पुन र सँगै गएका उनकी श्रीमती ओनसरी घर्तिमगर नेपाल फर्किन लागेका हुन्। 

जण्डिसको वंशानुगत समस्या भएका उनी उपचारका लागि गएका हुन्।उनको स्वास्थ्यमा सुधारमा आएपछि अस्पतालले डिस्चार्ज गरेको हो।

सोमबार माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पुन स्वदेश फर्कने भएकाले केन्द्रीय बैठकमा पदाधिकारी चयन नगरी २५ गतेसम्म स्थगित भएको जानकारी गराएका थिए।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here