वडा सदस्य महर्जनविरुद्ध विशेष अदालतमा मुद्दा दायर

२१ माघ, काठमाडौं । घुससहित पक्राउ परेका काठमाडौं महानगरपालिका वडा नं. १४ का सदस्य वसन्त महर्जनविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

दुई लाख रुपैयाँ विगोसहित महर्जनविरुद्ध मुद्दा दायर गरेको आयोगले जनाएको छ ।

frontline

महर्जनले जग्गाको मोहियानी हक नामसारी र नाता प्रमाणित गरी मोही प्रमाणपत्र र मालपोत तथा भूमि व्यवस्था कार्यालय काठमाडौंलाई सिफारिस दिनका लागि सेवाग्राहीबाट दुई लाख रुपैयाँ घुस लिएको अख्तियारको दाबी छ ।

उनलाई अख्तियारको टोलीले गत भदौ २१ गते दुई लाख रुपैयाँसहित नियन्त्रणमा लिएको थियो ।

अनुसन्धानको क्रममा महर्जनले सेवाग्राहीबाट दुई लाख रुपैयाँ घुस लिएको पुष्टि हुन आएको आयोगका सहायक प्रवक्ता वेदप्रसाद भण्डारीले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here