वडा अध्यक्ष पटेलले गरे राम जानकी मठको शिलान्यास
मेवालाल यादव
रौतहट ।। रौतहटको इनर्वामा राम जानकी मठको निर्माण कार्यको शिलान्यास भएको छ । बौधिमाई नगरपालिका वाड नं. २ इनर्वा अवस्थित रामजानकी मठको वडा अध्यक्ष धर्मेन्द्र पटेलले शिलान्यास गरेका छन् । जिर्ण अवस्थामा रहेको रामजानकी मठको क्पाउण्ड बाल तथा गेट निर्माणकार्यका लागि शिलान्यास गर्नु भएको वडा अध्यक्ष धर्मेन्द्र पटेलले जानकारी दिएका छन् ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मंत्रालय, मधेश प्रदेश सरकारको २०( बिस) लाखको लगतमा बौधिमाई नगरपालिका रामजानकी मठको क्पाउण्ड बाल तथा गेट निर्माणकार्य वडा नं.२ इनर्वामा शिलान्यास भएको छ ।
धार्मिक सांस्कृतिक मूल्य मान्याता एवम परंरागत रुपमा समाजमा ब्याप्त रहेका नैतिक ब्यवहारहरुको संरक्षण एवम जगेर्नाको लागि रामजानकी मठको क्पाउण्ड बाल तथा गेट निर्माणकार्यको शुभारम्भ भएको छ। मठको भवन शिलान्यास कार्यक्रममा समाजसेवी , साथै स्थानीय सामाजसेवी एवम बुद्धिजीवीहरुको उपस्थिति रहेको थियो । नागरिकहरुलाई सम्मान स्वरुप गमछाओढाई कार्यक्रमलाई अगाडि बढाएको थियो ।
प्रतिक्रिया दिनुहोस्