वडाध्यक्षले चलाएको मोटरसाइकलको ठक्करबाट पैदल यात्रुको मृत्यु

१२ फागुन, उदयपुर  । वडाध्यक्षले चलाएको मोटरसाइकलको ठक्करबाट उदयपुरमा एक पैदल यात्रुको ज्यान गएको छ ।

बुधबार बेलुका त्रियुगा नगरपालिका ६ का वडाध्यक्ष ४० वर्षीय निर्मलकुमार चौधरीले चलाएको स.१.ब.८९७ नम्बरको सरकारी मोटरसाइकलको ठक्करबाट स्थानीय ५० वर्षीय रामचन्द्र चौधरीको ज्यान गएको हो । 

frontline

सदरमुकाम गाईघाटबाट घरतर्फ जाने क्रममा गाईघाट–कदमाह सडकखण्डको त्रियुगा नपा ६ कुमारीचौकमा दुर्घटना हुँदा चौधरीको ज्यान गएको जिल्ला प्रहरी कार्यालयका एसपी सुवासचन्द्र बोहोराले बताए ।

दुर्घटना लगत्तै स्थानीयको सहयोगमा उपचारका लागि बिराटनगर लैजानेक्रममा चौधरीको बाटोमा नै ज्यान गएको उनले बताए । 

दुर्घटनामा परी गम्भीर घाइते भएका वडाध्यक्ष चौधरीलाई उपचारका लागि विराटनगर लगिएको छ ।

घटनाका प्रत्यक्षदर्शीका अनुसार वडाध्यक्ष चौधरीले मादकपदार्थ सेवन गरी मोटरसाइकल चलाएका थिए ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here