वडाअध्यक्ष जनताको कामकाज भन्दा बजेट पचाउनमै ब्यस्त – रामलाल यादव
![](https://frontlinekhabar.com/wp-content/uploads/2024/06/IMG-20240625-WA0010-1-768x1024.jpg)
पिपरिया दोस्तियामा सानो बर्षाको पानिले बाटो जलमग्न भएको छ । रौतहत जिल्लाको गरुडा नगरपालिका–७ पिपरिया दोस्तियामा एक समान्य झरीको बर्षाले स्थानिय जनताहरूलाई गम्भीर समस्यामा पारेको छ । करिब आधा घण्टा परेको बर्षाको कारणले गर्दा बाटो जलमग्न भएको छ, जसले गर्दा स्थानिय बासिन्दाहरूलाई आवतजावत गर्न अत्यन्त कठिनाइ भएको छ। स्थानीय बासिन्दाहरूको अनुसार, जलमग्न भएका बाटोहरूमा हिड्न लगभग असम्भव छ, विशेष गरी बालबालिका र वृद्धवृद्धाहरूलाई । “प्रत्येक बर्षा सिजनमा यो समस्या आइरहन्छ, तर यसपटकको झरीले स्थितिलाई अझ बिगारिदिएको छ,“ एक स्थानियले बताए ।
![](https://frontlinekhabar.com/wp-content/uploads/2024/06/IMG-20240625-WA0023-768x1024.jpg)
![](https://frontlinekhabar.com/wp-content/uploads/2021/04/Future.jpg)
![](https://frontlinekhabar.com/wp-content/uploads/2021/04/OM.jpg)
![](https://frontlinekhabar.com/wp-content/uploads/2021/04/sujana.jpg)
![frontline](https://frontlinekhabar.com/wp-content/uploads/2021/04/Angels.jpg)
स्थानीय बासिन्दा जनमत पार्टीको वडाप्रत्याशि रामलाल यादवले भने सोहि वार्डको वडाअध्यक्ष प्रबिन यादवमाथि आरोप लगाउँदै भने, “वडाअध्यक्ष जनताको कामकाज भन्दा बजेट पचाउनमै ब्यस्त रहेका छन् । विकासको नाममा जनताले दुःख पाइरहेका छन्, तर समस्या समाधानको लागि कुनै ठोस कदम उठाइँदैन ।“ रामलाल यादवको भनाइ अनुसार, पिपरिया दोस्तियाका बासिन्दाहरूले वडाअध्यक्षलाई धेरैपटक अनुरोध गरेका छन् कि बाटोको मर्मत गरियोस् र जल निकासी प्रणाली सुधार गरियोस् । तर, कुनै पनि पहल भएको छैन ।
![](https://frontlinekhabar.com/wp-content/uploads/2024/06/IMG-20240625-WA0021-768x1024.jpg)
स्थानीय बासिन्दाहरूले स्थानिय सरकारका बडे राजा अर्थात मेयरसँग अपिल गर्दै भनेका छन्, “हामीलाई तत्काल राहत र समाधान चाहिन्छ । वडाअध्यक्षले बजेटको दुरुपयोग नगरी जनताको हितमा काम गर्नु पर्छ ।“ यो स्थिति न केवल जनताको दैनिक जीवनलाई प्रभावित पारिरहेको छ, तर स्वास्थ्य जोखिम पनि बढाएको छ । जलमग्न भएका बाटोहरू र पानी जमेको स्थानहरूमा कीरा, मच्छर लगायतका रोग फैलाउने जीवहरूको संख्या पनि बढ्न सक्छ, जसले बिभिन्न रोगहरूको प्रकोप निम्त्याउन सक्छ । त्यति मात्र नभएर उक्त बाटो भएर आवतजावत गर्ने साईकल, पैदल यात्री, मोटरसाईकल लगायत स्कुले बालबालिकाहरुलाई धेरै नै समस्या परिरहेको छ । यस ठाउँमा ठुला ठुला मेयर प्रत्याशि नेपाली काग्रेशको सुनिल यादब र लोसपा पार्टीको मेयर प्रत्याशि दिपक यादब रहेता पनि उनीहरु प्नि यस सन्दर्भ चु–शब्द नबोल्दा स्थानियहरुले उनीहरुको पनि वडाअध्यक्षसंग मिलोमतो रहेको छ भने कुरा प्रष्ट बुझन सकिन्छ भने स्थानियबासिहरुको बुझाईरहेको छ ।
![](https://frontlinekhabar.com/wp-content/uploads/2024/06/IMG-20240625-WA0010-768x1024.jpg)
स्थानीय बासिन्दाहरूले छिट्टै नै यस समस्याको समाधानको माग गर्दै आन्दोलन गर्ने चेतावनी दिएका छन्, यदि समस्या समाधानका लागि तत्काल कदम चालिएन भने हामि यो भन्दा कडा आन्दोलन गर्ने र सकेसम्म पालिका घेराउ गर्ने सम्म चेतावनी रामलाल यादव दिएका छन ।
प्रतिक्रिया दिनुहोस्