वडाअध्यक्षले मेयर लालकिशोर साहको घर अगाडि थुपारे फोहोर
१५ कात्तिक, जनकपुरधाम : तिहार नजिकिंदै जाँदा घरघरमा सरसफाइ गरिंदै छ। तिहारमा धनकी देवी लक्ष्मीलाई खुशी पार्न सरसफाई गर्ने चलन छ। घरबाट निस्किएका फोहोर सडक छेउमा थुपारिएका छन्।
तर, जनकपुरधाम उपमहानगरपालिकाले वडाहरूमा थुपारिएका फोहोर व्यवस्थापन नगर्दा नगर नै दुर्गन्धित र कुरुप बनेको छ। फोहोर व्यवस्थापनका लागि सम्बन्धित वडाका वडाअध्यक्षहरूले जनकपुरधाम उपमहानगरपालिकाका मेयर लालकिशोर साहलाई पटक-पटक आग्रह समेत गरे।
मेयर साहले फोहोर व्यवस्थापनमा कुनै चासो नदेखाएपछि आइतबार विभिन्न वाडका वडाअध्यक्षले नगरभरिको फोहोर ट्रयाक्टरमा उठाएर मेयर साहको घर अगाडि थुपारेका छन्।
फोहर व्यवस्थापनका लागि डम्पिङ्ग साइटको अभाव हुँदा नगरभित्र फोहोर उठ्न सकेको छैन। नगर नै प्रदुषित भइराख्दा पनि मेयर साहले कुनै ध्यान नदिएको भन्दै वडाअध्यक्षहरूले नगरप्रमुख साहकै घर अगाडि फोहोर थुपारिदिएका हुन्।
प्रतिक्रिया दिनुहोस्