ल्हासादेखि निङ्ची सहरसम्म पहिलो पटक रेल सेवा सुरू

एजेन्सी ।  चीनको स्वशासित क्षेत्र तिब्बतको राजधानी ल्हासादेखि निङ्ची सहरसम्म पहिलो पटक रेल सेवा सुरू भएको छ।

चाइना नेशनल रेलवे कर्पोरेसनका अनुसार फुक्सिङ बुलेट ट्रेनको शुक्रबार उद्घाटन गरिएको छ।

frontline

उक्त रेल प्रतिघन्टा १६० किलोमिटरका गतिमा कुद्नेछ। रेलमार्गमा ४७ ठाउँमा टनेल बनाइएको छ भने १२१ वटा पुलहरू निर्माण गरिएका छन्।

ल्हासा-निङ्चीको ४३५ किलोमिटर दूरी पार गर्न रेललाई ३ घन्टा २९ मिनेट लाग्ने ग्लोबल टाइम्सले जनाएको छ।

रेलमार्गको ९० प्रतिशत भाग  समुद्री सतहदेखि ३ हजार मिटरको उचाइमा रहेको छ।

यो रेलमार्ग बनाउने काम सन् २०१४ मा सुरू भएको थियो।

४.८ अर्ब डलर लगानीमा सन् २०२० को अन्त्यमा निर्माण सकिएको रेलमार्गमा केही दिनअघि परीक्षण गरिएको थियो।

चीनमा जुलाई १ मा चिनियाँ कम्युनिष्ट पार्टी स्थापनाको सयौं वार्षिकोत्सव मनाइँदैछ।

त्यसको एक साताअघि स्वशासित क्षेत्र तिब्बतमा विद्युतीय रेलको उद्घाटन गरिएको हो।

निङ्ची सहर भारतको अरूणाञ्चल प्रदेशदेखि नजिकै रहेको छ। अरूणाञ्चलबारे भारत र चीनबीच विवाद छ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here