लुम्बिनीले काठमाडौंलाई दियो १८४ रनको लक्ष्य

फाइल तस्बिर

२० पुस, काठमाडौँ । हरमित सिंहको अर्धशतकप्रेरित लुम्बिनी अल स्टार्सले नेपाल टी २० लिगमा बुधबार काठमाडौं नाइट्सलाई एक सय ८४ रनको लक्ष्य दिएको छ।

त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको लुम्बिनीले १७ ओभरमा छोट्याइएको खेलमा ६ विकेट गुमाएर एक सय ८३ रनको योगफल तयार गर्यो।

frontline

लुम्बिनीका लागि ३६ बलको सामना गरेका हरमितले दुई चौका र आठ छक्कासहित ७० रनको अर्धशतकीय इनिङ खेले। अर्का ओपनर लहिरु मिलान्थाले २६ तथा गुल्शन झाले २१ रनको योगदान गरे। अनिल साह १६ रनमा अविजित रहँदा अन्य ब्याटरले उल्लेख्य प्रदर्शन गर्न सकेनन्।

काठमाडौंका लागि अविनाश बोहराले चार ओभरमा ३२ रन खर्चेर सर्वाधिक तीन विकेट लिए। यस्तै बासिर अहमदले दुई तथा अनिल खरेलले एक विकेट लिए।

काठमाडौंको टिम ढिलो आइपुगेका कारण टस ढिलो हुँदा खेल १७ ओभरमा छोट्याइएको थियो।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here