लुम्बिनीमा लगानीमैत्री वातावरण बन्दैछ : मुख्यमन्त्री केसी

रुपन्देही,२४ असोज (रासस) : लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री कुलप्रसाद केसीले लुम्बिनीमा लगानीमैत्री वातावरण बन्दै गएको बताउनुभएको छ ।

लुम्बिनी प्रदेश सरकारको समृद्ध लुम्बिनी र आत्मनिर्भर प्रदेशवासीको नारालाई साकार पार्न र प्रदेशवासीको जीवनलाई समृद्ध बनाउन उद्योग तथा व्यापार क्षेत्रको महत्वपूर्ण योगदान रहेको बताउँदै मुख्यमन्त्री केसीले त्यसका लागि लगानीकर्ता प्रोत्साहन गर्ने गरी सरकारले कार्यक्रम अघि बढाएको बताउनुभयो ।

frontline

उद्योग व्यापार सङ्गठन तिलोत्तमाको साताँै साधारणसभा एवं चौथो अधिवेशनको आज उद्घाटन गर्दै मुख्यमन्त्री केसीले उद्योग व्यवसाय प्रवद्र्धनका लागि सरकारले पछिल्लो चरणमा उद्योगमैत्री बजेट ल्याएको दाबी गर्नुभयो ।

उहाँले राजनीतिक सङ्कट र कोभिडको सङ्क्रमणबाट थलिएको लुम्बिनी प्रदेश अहिले समृद्धितर्फ उन्मुख भएको बताउनुभयो । मुख्यमन्त्री केसीले प्रदेश कोराना महामारीबाट निकै प्रभावित भएकाले अर्थतन्त्र चलायमान हुन नसक्दा केही समय समस्या भए पनि अब समस्या समाधान हुने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले कोभिडबाट थलिएको व्यापार र उद्योग क्षेत्रलाई उत्थान गर्नका लागि विद्युत् महसुल र राजस्वमा छुट दिन सकिने बताउनुभयो । अब किसानका समस्या हल हुन्छन् : कृषिमन्त्री रायमाझी लुम्बिनी प्रदेशका कृषि, खाद्य तथा भूमि व्यवस्थामन्त्री सुमन शर्मा रायमाझीले किसानका समस्या समाधानका लागि प्रदेश सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ ।

आफू बिनाविभागीय मन्त्री हुँदा प्रदेशका विभिन्न जिल्लामा कृषकसँग छलफल गरी समस्या पहिचान गरेको जनाउँदै ती समस्या समाधानका लागि पहल गर्ने उल्लेख गर्नुभयो ।

रिपोर्टर्स क्लब नेपाल लुम्बिनी प्रदेशले बुटवलमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा मन्त्री रायमाझीले सरकारले कृषिमैत्री बजेटको व्यवस्था गरेको बताउँदै हेफरलगायत सङ्घसंस्थासँग सहकार्य गर्दै अगाडि बढ्ने धारणा राख्नुभयो ।

कार्यक्रममा नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सचेतक निर्मला क्षेत्रीले प्रदेशमा ७० प्रतिशत जनसङ्ख्या कृषिमा आधारित रहेको बताउँदै कृषिबाट आत्मनिर्भर बन्नका लागि प्रदेश सरकारले कृषिमैत्री बजेट ल्याएको दाबी गर्नुभयो ।

हेफर इन्टरनेशनल नेपालका वरिष्ठ उपाध्यक्ष डा महेन्द्र लोहनीले कृषको आयआर्जन वृद्धि गर्न दुग्ध तथा मासु तथा अन्य कृषिजन्य वस्तुको उत्पादन र बजारीकरणका लागि सहयोग गर्दै आएको बताउनुभयो ।

हेफर इन्टरनेशनल नेपालका कार्यक्रम निर्देशक डा तीर्थराज रेग्मीले हेफरको कार्यक्रमबाट नेपालमा करिब तीन लाख परिवार लाभाविन्त भएको दाबी गर्नुभयो ।

नेपाल पत्रकार महासङ्घ लुम्बिनी प्रदेशका महासचिव विक्रम खड्काले सरकारबाट आउने कृषि अनुदान वास्तविक किसानसम्म पुग्न नसकेकाले सरकारले त्यसतर्फ ध्यान दिनुपर्ने सुझाव दिनुभयो । –––

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here