लुम्बिनीको मुख्यमन्त्रीमा कुलप्रसाद केसी नियुक्त

बिहीबार, बुटवल । तत्कालिन कांग्रेस सभापति एवं प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालालाई कालो झण्डा देखाएकै कारण प्रावि तहको शिक्षक पदको जागिर गुमाएका कुलप्रसाद केसी दुई दशकपछि कांग्रेसकै समर्थनमा लुम्बिनी प्रदेशको मुख्यमन्त्री बनेका छन् ।

२०४९ सालमा शिक्षक जागिर गुमेपछि उनी अर्थभूमिगत बनेर कम्युनिस्टको राजनीतिमा लागेका थिए ।

frontline

दुई दशकको राजनीतिक यात्रापछि केसी मुख्यमन्त्री बनेका हुन् । रोल्पाबाट प्रदेशसभामा निर्वाचित उनले आजै शपथ ग्रहण गर्देछन् ।

मुख्यमन्त्रीमा एकल दावी परेपछि प्रदेश प्रमुख अमिक शेरचनले उनलाई मुख्यमन्त्री चयन गरेका हुन् ।

आजै शपथ ग्रहण गरी सानो आकारको मन्त्रीमण्डल बनाउने तयारी छ । 

सरकारमा जाने मन्त्रीको आकांक्षी धेरै भएकाले नेताहरुलाई हम्मेहम्मे छ ।

जसपाका तीन जना नै मन्त्री बन्दैछन् । माओवादी, कांग्रेसले मन्त्री छनौट गरिसकेका छैनन् । एक/एक जना मन्त्रीसहित केसीले शपथ ग्रहण गर्ने बताइएको छ । 

जसपाका तीनमन्त्री मध्ये दुई महिलालाई विनाविभागीय बनाइने छ । जसपाका अहिले तीन जना मात्रै सांसद छन् ।

तीनै जना मन्त्री हुन लागेका हुन् । दलका नेता सहसराम यादव, पुर्मती ढेगा र सुमन शर्मा रायमाझी मन्त्री हुनेछन् ।

रायमाझी यसअघि भौतिक पूर्वाधार राज्यमन्त्री बनेर राजिनामा दिएकी थिइन् । 

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here