लिपुलेकमा भारतले सडक निर्माण गरिरहेकोप्रति कांग्रेसको आपत्ति

१ माघ, काठमाडौं । नेपाली कांग्रेसले लिपुलेकमा भारतले सडक निर्माण गरिरहेकोप्रति आपत्ति जनाएको छ।

कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले शुक्रबार वक्तव्य जारी गर्दै लिपुलेकमा भारतले सडक बनाइरहेको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको अभिव्यक्तिप्रति पार्टीको ध्यानाकर्षण भएको जनाएका हुन्।

frontline

‘नेपाल-भारत संयुक्त आयोगमा दुई देश बीचको सबै प्रश्नमा कूटनीतिक सम्वादबाट समाधानमा पुग्ने गरी भएको सहमति विपरीत लिपुलेकमा सडक निर्माण भनेर आएको विषय गम्भीर छ, आपत्तिजनक छ र अविलम्ब यो रोकिनुपर्छ,’ संयुक्त वक्तव्यमा भनिएको छ।

लिपुलेक, लिम्पियाधुरा र कालापानीमा नेपालको भोगाधिकार कायम हुनुपर्दछ भन्नेमा कांग्रेस प्रष्ट रहेको विज्ञप्तिमा उल्लेख छ। 

  • नेपाली कांग्रेस

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here