लिखु नारायण मन्दिरमा चोरी

२५ पुस, भक्तपुर । सूर्यविनायक ‍नगरपालिका-७ गुण्डु कार्की गाउँस्थित लिखु नारायण मन्दिरमा चोरी भएको छ। 

यहाँबाट दुईवटा चन्दा पेटिकाबाट नगद २ हजार ४ सय रुपैयाँ, तामाको घैला ९ थान, पित्तलको पानस २ थान, तामाको पुजा थाली २ थान, तामाको दियो २ थान, तामाको जल धारा १ थान, घण्टी १ थान, तामाको पन्च मुकुट १ थान चोरी भएको हो। 
    
उक्त मन्दिरको मुल ढोकाको ताला अपरिचित व्यक्तिहरूले फुटाई उक्त सामान चोरी गरी गरेको भन्ने सूचना पाएपछि प्रहरी वृत्त जगातीबाट खटिएको प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिहरूको खोजी गर्नुका साथै आवश्यक अनुसन्धान गरिरहेको छ। 
 

frontline

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here