लाहोरमा बम विस्फोट हुँदा ३ जनाको मृत्यु

६ माघ, लाहोर ।  पाकिस्तानको व्यस्त सहर लाहोरमा बम विस्फोट हुँदा कम्तीमा ३ जनाको मृत्यु भएको छ।

बिहीबार दिउँसो बम विस्फोट हुँदा कम्तीमा तीन जनाको मृत्यु भएको हो।

frontline

विस्फोटबाट अन्य १६ मानिस घाइते भएको र घाइतेहरुको नजिकैको अस्पतालमा उपचार भइरहेको लाहोर प्रहरीले जनाएको छ।

पञ्जाबका मुख्यमन्त्री उस्मान बुज्दारले लाहोरमा अशान्ति मच्चाउन सो विस्फोट गराइएको हुनसक्ने अनुमान गरेका छन्।

बम विस्फोटको कारणबारे हालसम्म पुष्टि भइनसकेको प्रहरीले जनाएको छ। घटनाबारे अनुसन्धान भइरहेको स्थानीय मिडिया डन न्युजमा खबर छ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here