लाज सरम पचेको : प्रधानमन्त्री ओली

फाइल फोटो

 केपी शर्मा ओलीले एमालेका वरिष्ठ नेता माधव कुमार नेपाललाई लाज सरम पचेको, कांग्रेसको पछाडि कुद्ने मान्छे भनेर टिप्पणी

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले एमालेका वरिष्ठ नेता माधव कुमार नेपाललाई लाज सरम पचेको भनेर टिप्पणी गरेका छन् । उनले प्रचण्डपथलाई अँगालेको भनेर आरोपसमेत लगाए ।

७० औं मदन भण्डारी जन्मजयन्तीको अवसरमा प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले माधव नेपालप्रति सो टिप्पणी गरेका हुन् ।

frontline

माधव नेपाल भन्ने एक जना कांग्रेसको पछाडि कुद्ने मान्छे छन्,’ ओलीले भने, ‘नेपालको राजनीतिमा सबैले चिन्छन् प्राय ।

किनभने असाध्यै चर्चा भइराख्या छ । यतिसम्म पनि मान्छे पतन हुने रहेछ । कम्युनिष्टको सरकार ढाल्ने, प्रमुख प्रतिपक्षको नेतृत्वमा सरकार बनाउने, कम्युनिष्ट आन्दोलन सिध्याउने, अर्कोतिर लागिसक्ने अनि नेकपा एमालेको वरिष्ठ नेता हुँ भनेर भन्ने ।

यस्तो लाज सरम पचेको मान्छेको चर्चा सकारात्मक हिसाबले मात्र होइन नकारात्मक हिसाबले पनि चर्चा त हुन्छ ।’

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here