ललितपुर १ का उम्मेदवार डा. सचिन घिमिरे आमरण अनसनमा

श्रोत ; ईन्टरनेट

२९ कात्तिक, काठमाडौं । ललितपुर क्षेत्र नं. १ का उम्मेदवार डा. सचिन घिमिरेले आमरण अनसन शुरु गरेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रतिनिधि सभा सदस्यमा उम्मेदवारी दिएका घिमिरेले सात सूत्रीय माग अघि सार्दै गोदावरीको टाखेलमा मंगलबारदेखि अनसन शुरु गरेका हुन् ।

ललितपुर-१ का निवर्तमान सांसदले आफ्नो कार्यकालमा बजेट ल्याएर विकास निर्माणको काम गरेको भनी दावी गरेकाले अघिल्लो कार्यकालमा सांसदको पहलमा आएको बजेटको आय-व्यय विवरण सार्वजनिक हुनुपर्ने उनको मुख्य माग छ ।

frontline

‘शान्तिपूर्ण रुपमा अरुलाई असर नपर्नेगरी आफ्ना मागहरु राख्न पाइन्छ । यो मेरो निर्वाचन प्रचारप्रसार अभियानकै एउटा पाटो हो’ घिमिरेले भने, ‘निर्वाचनकै दौरान विभिन्न विषयहरु थाहा पाएकाले तिनलाई उठाई सत्याग्रह शुरु गरेको हुँ ।’

उनले गोदावरी नगरपालिकामा एक महिनाभित्र बाँदर व्यवस्थापन हुनुपर्ने माग समेत राखेका छन् । ललितपुरको चौघरेका दुई विद्यार्थीले प्राविधिक शिक्षा अध्ययन गरिरहेको र उनीहरुलाई आर्थिक अभाव भएकाले स्थानीय सरकारले उनीहरुको माग पूरा गरिदिनुपर्ने उनको अर्को माग छ ।

घिमिरेले गोदावरी नगरपालिकाका किशोरीहरुलाई अहिले आइरन चक्की बाँड्ने काम भइरहेको र त्यसको जनस्वास्थ्य औचित्य प्रमाणित गर्नुपर्ने मागसमेत राखेका छन् ।

उनले कोञ्ज्योसोम र माल्टाका दुई रोगीको उपचारको माग गरेका छन् । साथै आश्राङ गाउँका दुई बालबालिकाको आर्थिक अवस्था कमजोर भएकाले उनीहरुको लालनपालन र शैक्षिक व्यवस्थापनको माग गरेका छन् ।

गोदावरीको टाखेल चौतारो नजिकै पिपलको रुखको हाँगाले ट्रान्सर्फमर छोएकाले रुखको हाँगा काट्नुपर्ने उनको अर्को माग छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here