ललितपुर वाग्मतीको अध्यक्षमा कांग्रेसका लोप्चन र उपाध्यक्षमा माओवादीका मगर विजयी

४ जेष्ठ, काठमाडौं । ललितपुरको वाग्मती गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका वीरबहादुर लोप्चन र उपाध्यक्षमा माओवादी केन्द्रका भक्तबहादुर दर्लामी मगर विजयी हुनुभएको छ ।

अध्यक्षमा कांग्रेसका उम्मेदवार लोप्चनले चार हजार नौ सय नौ मत र उहाँका निकटतम प्रतिस्पर्धी एमालेका नवराज सञ्जेलले चार हजार ५३ मत प्राप्त गर्नुभएको छ ।

frontline

यस्तै उपाध्यक्षमा माओवादीका उम्मेदवार भक्तबहादुर दर्लामी मगरले चार हजार ६ सय ९२ मत र उहाँका प्रतिस्पर्धी एमालेकी नमुना दोङले ३७ सय मत प्राप्त गर्नुभएको छ ।

सात वटा वडामध्ये पाँच वटामा काँग्रेस, एउटामा माओवादी केन्द्र र एउटामा एमालेले वडाध्यक्ष पद जितेका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here