ललितपुर महानगरले फुटपाथ मिचेर बनाइएका संरचना भत्काउँदै

१७ भदौ, ललितपुर । ललितपुर महानगरपालिकाले फुटपाथ (सडकपेटी) मिचेर बनाइएका संरचना हटाउन सुरु गरेको छ । 

शुक्रबार महानगरले ललितपुरको लगनखेलमा रहेको महानगरकै भवनमा रहेको एक होटलले नियम विपरीत बनाएको संरचना हटाएको हो ।

frontline

सो क्रममा महागरले फुटपाथमा व्यापार नगर्न आग्रह गरेको छ । ललितपुर महानगरपालिकाका प्रहरी प्रमुख सिताराम हाछेथुले फुटपाथ मिचेर बनाइएका संरचना हटाउन आफ्नै मातहतको कार्यालयबाट सुरु गरिएको जानकारी दिए।

 महानगरभित्र अनधिकृत रुपमा बनेका संरचनामा व्यापार व्यवसाय गर्नेहरूलाई भने दशैपछि हटाउने र सूचना जारी समेत भइसकेको उनले बताए । अनधिकृत संरचना कसैले अटेर गरी नहटाएको पाइएमा प्रक्रिया पूरा गरेर महानगरले हटाउने उनको भनाई छ । 

हाछेथुले अहिले नै महानगरभित्र डोजर लगाउने अवस्था नरहेको र महानगरले दिएको समयमा व्यवसायीहरु आफैले अनाधिकृत संरचना हटाउने विश्वास व्यक्त गरे।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here