ललितपुर महानगरले कार्तिक नाच अक्षयकोषलाई दियो ५० लाख

ललितपुर महानगरपालिकाले तीन सय ७९ वर्ष पुरानो प्रसिद्ध कात्र्तिक नाचको संरक्षण र दिगोपनाका लागि अक्षयकोष खडा गर्न पचास लाख रुपैयाँ दिएको छ ।

महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले कार्तिक नाच संरक्षण समितिका अध्यक्ष किरण चित्रकारलाई एक समारोहबीच चेक हस्तान्तरण गरे । चेक हस्तान्तरण अघि नगरप्रमुख महर्जन र समितिका अध्यक्ष चित्रकारले सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए ।

frontline

यो नाच मल्लराजा सिद्धिनरसिंह मल्लले सुरु गरेका किंवदन्ती छ । कार्तिक नाच कार्तिक महिनामा देखाइन्छ ।

महानगरका प्रमुख चिरीबाबु महर्जनले अक्षकोषको लागि रकम हस्तान्तरण गर्दै अक्षयकोष स्थापनाले कात्तिक नाचको संरक्षणमा टेवा पुग्ने अपेक्षा गरे । ‘अघिल्लो वर्ष मैले यही डबलीबाट यो नाचको अक्षयकोष स्थापनाका लागि आर्थिक सहयोग गर्ने वचन दिएको थिएँ, आज त्यो पुरा भएको छ, त्यसैले म खुशी छु, कोषले नाचको संरक्षणमा सहयोग पुग्छ भन्ने विश्वास छ,’ उनले भने ।

महानगरपालिकाले मूर्त–अमूर्त सम्पदाको संरक्षण गर्न धेरै काम गरेको महर्जनले बताए । महानगरले पाटन दरबार क्षेत्रमा रहेको नरसिंह मन्दिरको निर्माणको योजना समेत अघि सारेको उनले बताए । ‘व्यापारीहरुको आराध्यदेव भीमसेन मन्दिरको पुनर्निर्माणको काम अन्तिम चरणमा पुगेको छ, देगु तलेजुको पनि पुनर्निर्माणको काम सुरु भएको छ,’ उनले भने ।

महानगरपालिका–१६ का अध्यक्ष निर्मलरत्न शाक्यले महानगर भित्रका सम्पदा र संस्कृति नेपालकै चिनारी भएको बताए । महानगरपालिका वडा नं १६ ले यस अघि नै कात्र्तिक नाचका लागि वडास्तरीय बजेटबाट १० लाख दिइसकेको छ ।

कार्यक्रममा नाच संरक्षण समितिका अध्यक्ष किरण चित्रकारले महानगरपालिकालाई धन्यवाद दिदैं अक्षकोषको रकम पाँच वर्षभित्र १० करोड पु¥याउने बताए । अक्षयकोष स्थापना भएपछि प्रत्येक वर्ष नाच संचालनका खर्च जोहो गर्दै हिड्नु नपर्ने धारणा राखे ।

कार्यक्रममा पर्यटन बोर्डका प्रबन्धक उदय भट्टराईले मूर्त र अमूर्त सम्पदा,कला संस्कृति मार्फत पर्यटकलाई आकर्षित गर्न सकिने बताए । उनले यस कार्यका लागि वोर्ड सम्बन्धित निकायसँग सहकार्य गर्न तयार रहेको धारणा राखे ।

पाटन संग्रहालयका प्रमुख सरस्वती सिंहले ललितपुरको कला, संस्कृति र सम्पदाले नेपाललाई अन्तर्राष्ट्रियस्तरमा परिचित बनाएको बताइन् । कार्यक्रममा ललितपुर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइराला लगायत अन्य सरोकारवाला निकायका प्रतिनिधिको उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here