लकडाउनले जन्माएको ह्वेन आई लुक एट यु-रेउल श्रेष्ठको सांगितिक कदम

क्रिकेटर बन्ने सपना साँचेका रेउल श्रेष्ठले लकडाउनको सदुपयोग गर्दै सांगितिक जगतमा पहिलो कदम राखेका छन् ।उनले हालै मात्रै आफ्नै शव्द, संगित तथा संयोजनमा ह्वेन आई लुक एट यु बोलको नेपाली गित श्रोता तथा दर्शक माझ प्रस्तुत गरेका हुन । हाल लिरिकल भिडयोको रुपमा उनको आफ्नै युट्युव च्यानल रेउल श्रेष्ठ मार्फत सार्वजनिक भएको गितले २४ घण्टा नवित्दै दुई हजार भन्दा धेरै भ्युज बटुलेको छ । हाल टिनएजमा रहेका रेउल युनिग्लोब कलेजमा कक्षा १२ मा अध्ययनरत छन्
सानै देखि क्रिकेटर बन्ने लक्ष्य राखेका रेउल क्रिकेटलाईआफ्नै प्यासन मान्छन भने संगित उनको हबि हो । सानै देखि घरमा गितार बजाउने रेउलले एसइई सम्मको शिक्षा अपि स्कुलबाट पुरा गरेका हुन् । सांगितिक क्षेत्रमा उनको सार्वनजिक यात्रा पनि अपि स्कुल बाटै नै भएको हो । रेउट कक्षा ८ मा अध्ययनरत रहँदा अपि स्कुलले आयोजना गरेको प्रथम अपि आईकन २०७३ का विजेता भए पछि उनका म्युजिकल ट्यालेण्टको बारेमा धेरैले थाहा पाएका हुन ।
अपि आइकन जितेपछि साथि तथा परिवारका सदस्यहहरुले मलाई आफ्नै गित ल्याउन हौसला हौसला दिनु भएको भए पनि एसइई र त्यसपछि प्लस टु को पढाईका कारण यता ध्यान दिन सकेको थिईन, उनले भने, अघिल्लो लकडाउनको बेलामा अलि फुर्सर्दिलो भएको हुनाले गित तयार गरेको थिएँ । अहिलेको लकडाउनको जस्ट अघि रेकर्ड सकिएको थियो । भिडियो बनाउने सोच हुँदा हुँदै लकडाउन भए त्यसैले लिरिकल भिडियो मार्फत श्रोता तथा दर्शक माझ आएको हुँ ।
आफु अहिले टिन एजर भएको हुनाले टिनएजर पुस्तालाई लक्षित गरेर गित तयार गरेको रेउलले वताए । सानै उमेर गित लेखन, गायन तथा संगित समेत दिन सक्ने वहुप्रतिभाशाली क्षमता सहित सांगितिक बजारमा आएका रेउलबाट धेरै आशा गर्न सकिन्छ । 

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here