लकडाउनले जनगणना प्रभाबित

जनगणना सम्बन्धी तालिम स्थगित

२० वैशाख, काठमाडौं । सरकारले राष्ट्रिय जनगणना सम्बन्धी तालिम स्थगित गरेको छ ।

कोरोना संक्रमण बढेपछि यही वैशाख १६ गतेदेखि सुरु गरिएको गणक र सुपरिवेक्षकहरुको तालिम स्थगित गरिएको हो ।

frontline

केन्द्रीय तथ्यांक विभागका सूचना अधिकारी तिर्थ चौलागाईंले जनगणना प्रयोजनका लागि भइरहेका तालिमहरु स्थगित भएको जानकारी दिए ।

जनगणनासँग सम्बन्धी थप निर्णय गर्न राष्ट्रिय योजना आयोगको तथ्यांक परिषदको बैठकसमेत आजै बस्दै छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here