रौतहट बौधीमाई गाउँपालिकामा एकीकृत समाजवादीका उम्मेदवार विजयी
१० जेठ, काठमाडौं । रौतहटको बौधीमाई गाउँपालिकामा नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का उम्मेदवार विजयी भएका छन् ।
गाउँपालिका अध्यक्षमा नेकपा एसका उम्मेदवार प्रदीपकुमार यादव ४ हजार ८ सय १० मत ल्याई विजयी भएका छन् ।
उनले निकटतम प्रतिद्वन्द्वी जनता समाजवादी पार्टी, नेपाल उम्मेदवार राजीव रन्जन यादवलाई १ सय ८६ मतान्तरले पराजित गरेका हुन् ।
पराजित राजीव रन्जन यादवले ४ हजार ६ सय २४ मत ल्याएका छन् ।
यस्तै, उपाध्यक्षमा नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)की उम्मेदवार प्रमीलादेवी ४ हजार ८ सय ९४ मतसहित विजयी भएकी छन् ।
उनकी निकटतम प्रतिद्वन्द्वी जनता समाजवादी पार्टी, नेपालकी उम्मेदवार शीमा नेसाले ४,४८१ मत ल्याएकी छन् ।
प्रतिक्रिया दिनुहोस्