रौतहटमा ३३ सदस्य महिला जनमत संघ गठन गरियो

रौतहट । मेवालाल यादव, भदौ १९ गते रौतहट, डा सीके राउत नेतृत्वको जनमत पार्टीले रौतहटमा महिला जनमत संघ गठन गरिएको छ ।

जनमत पार्टीको राष्ट्रिय उपाध्क्ष ई . बसन्त कुशवाहाको प्रमुख आतिथ्यमा भएको जिल्ला स्तरीय महिला भेला कार्यक्रमको विशिष्ट अतिथिमा प्रकाशन बिभागका प्रमुख तथा केन्द्रीय सदस्य ललित मलिक र डा . सुबन्त कुशवाहा रहेका थिए ।

frontline

सो भेला कार्यक्रममा अनिता साहको अध्यक्षमा ३३ सदस्यीय महिला जनमत संघ रौतहट जिल्ला कार्यसमिती गठन भएको छ । उक्त कार्यसमितिको सहसंयोजकमा पुनम झा र रागिनी उपाध्यायलाई चयन गरेकी छिन।

रौतहट जिल्लाको गरुडा नगरपालिकाको झाझपुर स्थित रहेको नि. मा. बि. को प्राङ्गणमा आज जनमत पार्टीको महिला जनमत संघ जिल्ला परिचालन समिति गठन गरिएको छ ।

जनमत पार्टीको इ. बसन्त कुशवाहाले आफ्नो पार्टीको बारेमा र महिला जनमत संघको गठन सम्बन्धि विभिन्न कुरामा आफ्नो मन्तव्य राखनु भएको थियो ।

जनमत पार्टी रौतहट जिल्ला अध्यक्ष रामेश्वर यादव ,उपाध्यक्ष शेख नैमुदीन ,सचिव विकास कुमार यादव , युवा जनमत संघका जिल्ला अध्यक्ष ज्वाला रन्विर उर्फ बिवेक झा , सहसचिव नविन श्रीवास्तव ,कोषाध्यक्ष बिरेन्द्र साहसहित पार्टीको भातृ संगठनको जिल्ला प्रमुखहरुको समेत उपस्थितिमा जिल्ला कार्यसमिति गठन भएका हुन् ।

सो कार्यक्रममा पार्टीको जिल्लाभरका प्रमुख महिला नेत्रीहरुसहित २५० जना महिलाहरु सहभागितामा भव्यताका साथ महिला जनमत संघ रौतहटको जिल्ला कार्यसमिति सर्वसहमतिबाट चयन भएको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here