रेल दुर्घटनामा कम्तिमा ३० को मृत्यु

काठमाडौं । पाकिस्तानमा भएको रेल दुर्घटनामा कम्तिमा ३० जना व्यक्तिको मृत्यु भएको छ ।

सोमबार बिहान भएको दुर्घटना हुँदा ३० जनाको मृत्यु भएको र ५० भन्दा बढी यात्रु घाइते भएको पाकिस्तानी समाचार संस्थाहरुले जनाएका छन् ।

frontline

कराँचीबाट सरगोधा जाँदै गरेको मिल्लत एक्सप्रेस र रावलपिण्डीबाट कराँची जाँदै गरेको सैयद एक्सप्रेसको रेल सिन्ध प्रान्तको डहारकी क्षेत्रमा एकापसमा ठोक्किएका हुन् ।

रेलका डिब्बामा फसेका यात्रुहरुलाई निकाल्ने प्रयास भइरहेको पाकिस्तानी समाचार संस्था डनले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here