रूससँगकाे युद्धमा अहिलेसम्म १३ हजार युक्रेनी सैनिककाे मृत्यु

१६ मंसिर, काठमाडौं । युक्रेनी राष्ट्रपति भोलोदिमीर जेलेनेस्कीका सल्लाहकार मिखाइलो पोडोल्याकले रूस र युक्रेनबीच भएकाे युद्धका क्रममा अहिलेसम्म १३ हजार युक्रेनी सैनिककाे मृत्यु भएकाे छ ।

युद्धको ९ महिनामा रूसको आक्रमणबाट १० देखि १३ हजार युक्रेनी सैनिककाे मृत्यु भएकाे उनले दावी गरेका हुन् । राष्ट्रपति जेलेनेस्कीका सल्लाहकार पोडोल्याकले मृत्यु भएका लडाकुहरूको संख्या यकिन नभए पनि अधिकमत १३ हजारसम्मको मृत्यु भएको हुनसक्ने बताएका छन् ।

frontline

युद्धमा अंगभंग भएका र घाइते भएका सैनिकहरुको संख्या समेत जोड्दा १ लाख पुग्ने उनको भनाइ छ । गत जुन महिनामा दैनिक २ सयदेखि ३ सय युक्रेनी सैनिक मृत्यु भएको उनको दावी थियो ।

युक्रेनको सेनाले भने यो तथ्यांक पुष्टी गरेको छैन । रुस र युक्रेन युद्धका क्रममा हालसम्म ३ हजार ६ सय सर्वसाधारणकाे मृत्यु भएकाे जनाइएकाे छ ।

रूस तर्फ ९ हजार ३ सय ११ सैनिककाे मृत्यु भएकाे मस्कोले दावी गरेकाे छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here